Logo
७ बैशाख २०८१, शुक्रबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहकर्मी उपचारमा उत्तरी माेरङका पत्रकारहरु एकजुट हुँदै

शिव भट्टराई/व्लड क्यान्सरबाट पिडित पत्रकार कमल पाैडेलकाे उपचारमा सहयाेग जुटाउन उत्तरी माेरङका पत्रकारहरु एकजुट भएका छन् ।

नेपाल समाचार पत्र दैनिक हुँदै हाल मकालु टेलिभिजनमा समाचार प्रमुखककाे रुपमा कार्यरत पत्रकार पाैडेल व्लडप्रेसरबाट ग्रसित भएर हाल काठमाडाैमा रहेकाे निजामति अस्पतालमा भर्ना भएका छन् ।

बेलबारी, सुन्दरहरैंचा र केराबारीका पत्रकारहरुकाे बेलबारीमा बसेकाे भेलाले अाज पत्रकार केशु विरहीकाे संयाेजकत्वमा
पत्रकार पाैडेलकाे उपचारमा अार्थिक समितिकाे गठन गरेकाे छ ।
समितिका अन्य सदश्यहरुमा खेमचन्द्र अधिकारी, अम्विका भण्डारी, किशन शाही, राज पाेखरेल, विवेक मिश्र, प्रशान्त निराैला रहेका छन् ।
व्यक्तिगत रुपमा अाफूहरुले अा-अाफ्नाे तर्फबाट अार्थिक सहयाेग गरिसकेकाे भए पनि पूर्वाेत्तर माेरङमा कार्यरत पत्रकारहरुकाे नाताले सहयाेग जुटाउन लागिरहेकाे कमल पाैडेल अार्थिक संकलन समितिका संयाेजक विरहीले जानकारी दिएका छन् ।

यद्यपि पत्रकार पाैडेलकाे उपचारमा पत्रकार महासङ्घ १ प्रदेश र माेरङ शाखाले समेत उपचारमा सहयाेग जुटाईरहेकाे छ ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्