Logo
७ बैशाख २०८१, शुक्रबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा सामुदायिक मेलमिलाप पुर्नताजकिय तालिम सुरु

सुनसरीको दुहबीमा सामुदायिक मेलमिलाप पुर्नताजकिय तालिम सुरु भएको छ । बिहीवार दुहबी ५ स्थित लालीगुराँस होटेलको सभाहलमा सुरु भएको ५ दिने पुर्नताजकिय तालिममा अधिवक्ता बिरेन्द्र बस्नेतले प्रशिक्षण दिने तथा दुहबी नगरपालिकाका ४० जना मेलमिलापकर्ता र जनप्रतिनिधिहरुले भाग लिने आयोजक संस्था पहुँचकी अध्यक्ष विमला शिवाकोटीले बताइन ।

दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले सो ५ दिने तालिमको उदघाटन गरेका थिए । कार्यक्रममा दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साह, वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो । दुहबी नगरपालिकाको सहयोगमा तालिम सुरु भएको हो ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्