Logo
११ बैशाख २०८१, मंगलबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबी नगर प्रमुख आवास योजना र कालोपत्रे सडकको शिलान्यास

सुनसरीको दुहबी ११ स्थित तनमुनामा नगर प्रमुख आवास योजना तथा कालोपत्रे सडकको शिलान्यास कार्यक्रम बिहीवार समपन्न भएको छ । दुहबी नगरपालिकाका मेयर बेदनारायण गच्छदारले नगर प्रमुख आवास योजना र कालोपत्रे सडकको शिलान्यास गर्दै आवास योजना अन्तर्गत २ बिगाहा जग्गामा ११६ अटा घर निर्माण गर्ने योजना अनुरुप पहिलो चरणमा ५० ओटा घर निर्माण कार्य गरिने बताए । मेयर गच्छदारले बहु वर्षिय गुरु योजना अन्तर्गत हाललाइ २ कोठा र १ भान्सा घर, खानेपानि सहितको ५० ओटा घर बनाएपछि बिस्तार गरिदैं लैजाने जनाए । मेयर गच्छदारले दुहबीको सुकुम्वासी समस्या समाधान गर्नकालागि २ विगाहा क्षेत्रमा तयार हुँने नगर प्रमुख आवासलाइ अत्याधुनिक तरिकाले डिजाइन गरिनुकासाथै भवन नजिकै सामुदायिक भवन स्कुल र पार्क समेत बनाउँने अवधारणा अगि सारिएकोले सुकुमवासीहरुले प्रत्यक्ष लाभ पाउँने बताउँदै करुणा फाउण्डेसन नेपालको सहयोगमा यसै वर्ष थप २५ घर निर्माण हुँने जनाए । मेयर गच्छदारले दुहबीको अन्य महत्वकांक्षि योजनाको बारेमा सविस्तार बताउँदै सुकुम्वासी समस्या समाधान गर्नकालागि दुहबीको सबै ऐलानी जग्गा खोजेर नगर प्रमुख आवास योजनालाइ निरन्तरता दिइने जनाए ।

शिलान्यास कार्यक्रममा दुहबी नगरपालिकाकी उपप्रमुख सुनिता दाहाल साहले शुभकामना मन्तव्य दिदैं सबैले मिलेर सहयोग गर्नुपर्ने बताइन । उक्त कार्यक्रममा दुहबीका जनप्रतिनिधिहरु,समाजसेवी, संघ संस्थाका प्रतिनिधि लगायत नगरवासीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । इनरुवाको साह ब्राइट बुल जेवी निर्माण कम्पनीले आवास
योजनाको भवन ३ करोड ३९ लाख ८१ हजारमा ठेक्का पाएको थियो । दुहबी १० बुद्ध चौक देखि दक्षिण शिब मन्दिर हुँदै दुहबी वडा नम्वर ११ को कार्यालय जोड्ने २ किलोमिटर लम्वाइ तथा ५ मिटर चौडाइको कालोपत्रे वाटोको साह निर्माण सेवाले २ करोड ९३ लाख ६० हजारमा ठेक्का पाएको हो ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्