Logo
७ बैशाख २०८१, शुक्रबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहमतीमा यौन सम्बन्ध गर्नु कुनै पाप होइन ‘किन हुन्छ बढि यौन इच्छा?’

कुन समयमा महिलालाई बढी यौन चाहाना हुन्छ ?

हाम्रो समाजमा सेक्सका बारेमा खुलेर कुरा गर्ने चलन कमै छ । झन सेक्स कसरी भन्ने बारेमा जान्ने उत्सुकता भएपनि लाज हुन्छ भनेर चुप लाग्छन् । तर, सुखद जीवनका लागि सुखद सेक्स लाइफ हुनु जरुरी हुन्छ । आम जीवनमा सेक्स आधारभुत आवश्यकता नै हो । जसरी सुत्नु, खानु र दैनिक कार्य गर्नुपर्छ । त्यसैगरी सेक्स पनि मानव जीवनमा आवश्यक हुन्छ ।

हाम्रो समाजमा अधिकांश यस्ता परिवार छन् । जसको वैवाहिक जीवन यी कारणहरुले राम्रो बन्न सकेको छैन् । किनकी उनीहरुको सेक्स जीवनमा खुलेर गर्न सक्दैनन् । यसको सबैभन्दा ठुलो कारण हो कि हामीहरु सेक्सको बाँयोलोजिकल जानकारी लिन चाहदैनौं । अधिकांश परिवारहरु जोडीहरुलाई सेक्सको चाहनाको बारेमा थाहा नहुदाँ यस्तो भएको हो । हामीमध्ये धेरैलाई सेक्स गर्ने समय कति बेला हो ? कतिबेला पुरुष महिलाले सेक्स गर्न चाहन्छन् भन्ने कुरा थाहा छैन् ?

अमेरिकन मेडिकल एसोसिएशनको अनुसन्धानले पुरुष र महिलाको सेक्स गर्ने चाहना बढ्ने समय पत्ता लगाएको छ । जसअनुसार पुरूषलाई विहानको समयमा सेक्स गर्ने चाहना बढी हुन्छ । तर, सेक्सका लागि महिलाहरु मध्यरातमा रोमाण्टिक मुडमा हुन्छन् ।

अध्ययन अनुसार यो सबै सेक्स हार्माेन्सका कारणले हुने गर्दछ । रातमा महिलाहरु जब सेक्सका लागि रोमाण्टिक मुडमा हुन्छन् तब पुरुषहरु या त सुतिसक्छन्, या सेक्समा त्यती चाहना हुँदैन् । जति हुनुपर्ने हो ।

यस्तै समस्या विहान महिलालाई हुन्छ । त्यती बेला पुरुष सेक्सका लागि बढी रोमाण्टिक मुडमा हुन्छ । जबकि त्यो बेला महिलालाई सेक्सको इच्छा हुँदैन्। अध्ययन अनुसार विहान ५ बजेदेखि ७ बजेसम्मको बीचमा पुरूषहरुमा टेस्टेस्टेरोनको मात्रा अत्यधिक बढ्छ जसका कारणले पुरूषको चाहना त्यो बेला सेक्सका लागि बढी हुन्छ । सेक्स लागि पूर्ण तयार रोमाण्टिक मुडमा तयार हुन्छ ।

विहानको समयमा पुरुषमा बाँकी समयको भन्दा सेक्स हार्मोन २५ देखि ५० प्रतिशत बढ्छ । महिलामा पनि टेस्टेस्टेरोनले नै सेक्स चाहना बढ्छ । तर एस्ट्रोजन र प्रोजेस्टेरोनका कारण बैलेन्समा रहन्छ । महिलाहरुमा यसको मात्रा रातमा अत्धिक बढ्छ । जसका कारण उनलाई रातिको समयमा सेक्स गर्न धेरै मात्रा चाहान्छन् ।

अध्ययनमा यो पनि भनिएको छ कि पुरुषहरु जति बढी सुत्छन् त्यती नै बढी मात्रामा टेस्टेस्टेरोन बढ्छ । जसले विहानको समयमा सेक्स गर्ने चाहानालाई ह्वात्तै बढाउछ । अमेरिकन मेडिकल एसोसिएशनको यो अध्ययन अनुसार ५ घण्टा भन्दा बढी सुत्ने पुरुषमा टेस्टेस्टेरोनको मात्रा १५ प्रतिशतले बढ्ने गर्छ । पुरुष सुतेर उठ्ने समयमा उसलाई सेक्सको चाहना बढी हुन्छ । जबकी महिलामा ठिक यसको उल्टो हुन्छ । त्यो समयमा महिलामा सेक्स गर्ने चाहना नै हुँदैन् ।

अध्ययनले बताएअनुसार वेलुका ६ बजेपछि पुरुषमा टेस्टेस्टेरोन को मात्रा कम हुँदै जान्छ । जबकि त्यो बेला महिलाहरुमा सेक्स हार्मोन्स बढ्न सुरु हुन्छ । वेलुका सुरु भएपछि महिलाहरुमा ४० प्रतिशत भन्दा बढी सेक्सको चाहना बढ्छ । अफिसमा काम गर्ने पुरुषहरुमा त झन टेन्सन का कारणले टेस्टेस्टेरोन को मात्रा झनै घट्छ ।

पुरुष महिलाको तालमेल मिलाउन विराएर जोडीले एक दिन महिलाको चाहना भएको समय र अर्काे पुरुषको चाहना भएको समयमा सन्तुष्टि लिन सक्ने अध्ययनको निष्कर्ष छ ।

प्रश्न: म २५ वर्षीय अविवाहित युवक हुँ । मलाई सेक्सप्रति बढी नै चाहना हुन्छ । यस्तो चाहना ९ कक्षा पढ्दादेखिकै हो । म अहिले बीबीएस तेस्रो वर्षमा अध्ययनरत छु । अझै पनि त्यस्तै हुन्छ । दिनमा दुई–तीन पटक हस्तमैथुन गर्छु । मलाई युवती देख्नासाथ उत्तेजना आउँछ अनि हिँड्दा पनि लाज लाग्ने स्थिति सिर्जना हुन्छ । के सेक्स चाहना बढी हुनु कुनै रोग हो ? हस्तमैथुन धेरै गरे त्यसको नकारात्मक असर पर्छ ?

यौनचाहना हामीलाई प्रकृतिले दिएको एउटा विशेषता हो र सबै स्वास्थ्य व्यक्तिमा यौनचाहना हुन्छ । यो हाम्रो वंश निरन्तरताका लागि पनि आवश्यक छ । यौनसम्बन्धी हाम्रा चासो तथा चाहनाहरू मस्तिष्कबाट सुरु हुन्छन् ।

मस्तिष्कको hypothalamus गक भनिने सानो अङ्गले यौनसम्पर्क राख्ने जस्ता आधारभूत व्यग्रता उत्पन्न गर्छ भने अर्को अङ्ग Cerebral Cortex ले हामीले सिकेका कुरा तथा अनुभवहरू अभिलेख राख्ने कार्य गर्छ । यौन संवेदनशीलतासम्बन्धी कुराहरू पनि यही भागबाट सञ्चालित हुन्छन् ।

यौनेच्छालाई प्रभावित तुल्याउने हार्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्वपूर्ण भूमिका हुन्छ । यी सबै कुराको संयुक्त प्रभावबाटै यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । मोटामोटी रूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन् । एकातिर इन्डोक्राइन सिस्टम अन्तर्गतका रागरसहरूले त्यसको सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्द्रिय प्रणाली अनि मस्तिष्कले ।

यौनेच्छा बढी किन होला ?

यौनेच्छा राम्रोसँग हुनुलाई त सौभाग्य नै मान्नुपर्छ । यौनचाहना पनि सबै व्यक्तिमा एकैनासको हुँदैन । कसैमा बढी हुन्छ त कसैमा कम । कुनै व्यक्तिमा यति नै यौनचाहना हुनुपर्छ भन्ने छैन । हुनुपर्नेभन्दा बढी यौनचाहना भएको स्थितिलाई excessive sexual desire भएको भनिन्छ, त्यसका लागि hyperactive sex वा hypersexualityशब्द प्रयोग गरिन्छ । यस्तो स्थिति चिकित्सकीय दृष्टिकोणले ध्यान दिनुपर्ने गरी बढी नै भएको हुनुपर्छ । यद्यपि कति यौनचाहनालाई बढी भन्ने कुरामा अझै पनि विवाद छ ।

कुनै व्यक्तिले सामान्य मानेको यौन चाहनालाई अर्को व्यक्तिले कम वा बढी मान्न सक्छ । यस्तो किन हुन्छ, यकिनका साथ भन्न सजिलो छैन । के कति कारणले कुनै व्यक्तिमा अत्यधिक यौनेच्छा जागृत हुन्छ भन्ने कुराको निक्र्योल गर्न गाह्रो छ । यसका मानसिक तथा शारीरिक दुवै कारण हुन सक्छन् । यसका कमै मात्र शारीरिक कारण भेटिन्छन् ।

विशेष गरेर पुरु हार्मोन अनि यससँग सम्बन्धित मस्तिष्कको कार्यप्रणालीमा भएको कुनै गडबडी नै यस्ता कुराका कारक हुन्छन् । केही स्थितिमा यस्तो व्यवहार स्नायु प्रणालीसम्बन्धी विकारले पनि उत्पन्न हुनसक्छ । अन्य कतिपय स्थितिमा मनोवैज्ञानिक पक्ष जिम्मेवारी हुन्छन् । विशेष गरेर म्यानिक डिसअर्डर भएका व्यक्तिमा यस्तो अत्यधिक यौनेच्छा वा कामुकता देखिएको छ । कतिपय विशेषज्ञले यौन व्यवहारमा अब्सेसन वा कम्पल्सन हुनुलाई एक किसिमको मनोरोग बताएका छन् ।

यस किसिमको यौन व्यवहार व्यक्तिको मुड वा पर्सनालिटी डिसअर्डर वा अन्य भावनात्मक समस्या सामना गर्ने संयन्त्रको गडबडीका कारण पनि उत्पन्न हुन्छ भनिन्छ ।

कति बेला असामान्य तपाई  :

अविवाहित नै हुनुहुन्छ र नियमित रूपमा यौनेच्छा शान्त पार्न यौनजोडी नभएकाले हस्तमैथुनको सहारा लिनुभएको देखिन्छ । हस्तमैथुन निकै गर्नुभएकाले तपाईंमा यौनेच्छा उच्च रहेको देखिन्छ तर हस्तमैथुन गरेका कारणले नै तपाईंलाई कुनै रोग लागेको छ भन्न मिल्दैन ।

दृष्टि होस् वा स्पर्श हाम्रा इन्द्रियहरूले यौनसम्बन्धी सन्देश प्रवाह गर्नासाथ हामी यौन उत्तेजना हुनसक्छ, यसलाई पनि असामान्य भन्न मिल्दैन । आफूले लगाएको कमिजलाई पाइन्टभित्र नकसी बाहिरतिरै राख्नुभए लिङ्ग उत्तेजित भए पनि अरूले थाहा पाउँदैनन् । कसैको दैनिक सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौनचाहना बढी भएको स्थिति भन्न सकिन्छ ।

यौनेच्छा शान्त पार्न यौनजोडीलाई नै धोका दिएर अर्को व्यक्तिसँग यौन सम्पर्क राख्ने, देहव्यापार अनि अश्लील सामग्रीमा खर्च गर्ने मात्र होईन, आफ्नो जीविकोपार्जनका लागि संलग्न कार्यमा ध्यान नदिने वा काम छोड्ने व्यवहार प्रदर्शन भए समस्या सिर्जना हुन्छ । उत्तेजना बढेपछि यौन क्रियाकलापमा संलग्न नभैनहुने बाध्यात्मक स्थिति अनुभव गर्नु असामान्य रूपमा यौन चाहना बढी अर्थात् अति कामुकताको एउटा महत्वपूर्ण लक्षण हो । यस्तो स्थितिमा आत्मनियन्त्रणका प्रयास सफल हुँदैनन् ।

आफूले चाहेर पनि आफ्नो यौन व्यवहारलाई नियन्त्रण गर्न नसक्ने भए वा यस्तो व्यवहारले परिवार वा साथीसंगतीसँगका सम्बन्धलाई नकारात्मक प्रभाव पार्न थाले वा कार्यालय वा व्यवसायको काम वा दैनिकी नै प्रभावित भए वा जहिले पनि विशेष गरेर आफूले नचाहेको बेलामा पनि यौनसम्बन्धी कुरा मात्र दिमागमा निरन्तर रूपमा आइरहे विशेषज्ञको सहयोगको नलिई नहुने भएछ भनेर बुझ्नुपर्छ । समाधान पहिलो कुरा त आफूमा असामान्य यौनचाहना छ/छैन पक्का गर्नुपर्छ । यदि अत्यधिक यौन चाहना भएकै हो भने उपचारका लागि पहल गर्नुपर्छ । यसको कारण शारीरिक वा मानसिक दुवै हुने भएकाले त्यसको पहिचान गर्नुपर्छ ।

लज्जा, भय र असजिलोपनका कारणले यस्तो समस्या समाधानका लागि पहल नगर्ने स्थिति हुन सक्छ । उपचारका लागि बानी–बेहोरा परिवर्तन गर्ने विधिहरू फाइदाजनक हुन्छन् । त्यसैगरी साइकोथेरापी वा औषधीको प्रयोगबाट यसलाई केही कम गर्न सकिन्छ । केही मनोस्थितिसम्बन्धी खराबीमा औषधी दिन सकिन्छ । हामीलाई थाहै छ टेस्टेस्टेरोन हार्मोन नै यौनेच्छालाई निर्देशित गर्ने प्रमुख तत्व मानिन्छ । कतिपय स्थिति जसमा विशेष गरेर पुरुष हार्मोन बढी हुनु यसको कारण हुन सक्छ, त्यसलाई रोक्ने किसिमका औषधी खान सकिन्छ । समस्याको समाधानका लागि तपाईंलाई विज्ञ चिकित्सकले सहयोग गर्न सक्छन् ।

यस्ता छन् यौनेच्छा जागृत गर्ने उपायहरु
महिला के चाहन्छन् ? शताब्दियौदेखी यो प्रश्न आम मानिसदेखि मनोवैज्ञानिक र वैज्ञानिकसम्मलाई सताइरहेको छ । सिगमन्ड फ्रायडजस्ता महान मनोवैज्ञानिक हुन् वा हलिउड अभिनेता मेल गिब्सन सबै यो प्रश्नबाट तनावमा छन् । यो पाटोबा बारेमा हजारौ पुस्तक, लेख, ब्लग पोस्ट लेखिइसकेको छ । लाखौपटक यो विषयमा बहस भइसकेको छ। पुरुष नै किन, स्वयम महिलाहरुले पनि यो विषयमा अक्सर चर्चा गरिरहेको पाइन्छ । तर, यो विषयमा लामो चर्चा, हजारौ पुस्तक, वर्षौको अध्ययनका बावजुद महिलाको इच्छाको कुनै परिभाषा, कुनै एउटा दायरासम्म तय हुन सकेको छैन ।

न त आखिर महिलाभित्र कस्तो इच्छा जागरुक हुने गर्दछ भन्ने नै तय हुन सकेको छ रु कि उनीहरुलाई कसरी सन्तुष्ट गर्न सकिन्छ रु यद्यपि वर्षौको मेहनत बर्बाद भएको छ, यसो पनि होइन । अहिले हामी निकै हदसम्म महिलाहरुको यौनसम्बन्धी इच्छा बुझ्न सक्दछौ । महिलाहरुको कामेच्छाका बारेमा पहिलाको परम्परागत सोचबाट बाहिर आइरहेका छौ । पहिला भन्ने गरिन्थ्यो कि महिलाहरुको चाहना कहिल्यै पूरा गर्न सकिँदैन । उनीहरुको सेक्सको भोक मेटाउन सकिँदैन । उनीहरुमा बजरजस्त कामवासना हुने गर्दछ । तर, अब वैज्ञानिकहरु मान्न थालेका छन् कि महिलाहरुको यौन चाहनालाई कुनै एउटा परिभाषाको दायरामा समेट्न सकिँदैन । यो अलग अलग महिलामा अलग अलग हुने गर्दछ ।

कतिपय अवस्थामा त एकै महिलाभित्र सेक्स इच्छाको अलग अलग अवस्था पाइने गरेको छ। अमरिकाको रटगर्स युनिभर्सिटीका प्रोफेसर बेभर्ली व्हिपल भन्छिन्–हरेक महिला केही अलग चाहन्छन् । तमान नयाँ अध्ययनहरुबाट यो पनि स्पष्ट भइसकेको छ कि सेक्समा विषयमा महिला र पुरुषको चाहना र आवश्यकतामा कुनै फरक हुँदैन । जबकि पहिला पुरुषलाई महिलाको तुलनामा बढी यौन चाहना हुन्छ भन्ने मान्ने गरिएको थियो ।

तर, अब सबै अध्ययनअरुले स्पष्ट गरिसकेको छ कि केही सामान्य हेरफेरका साथ महिला र पुरुषमा सेक्स चाहना एकै जस्तो हुन्छ । पहिलापहिला यस्तो प्रश्न पनि गरिन्थ्यो कि महिनामा तपाईलाई कतिपटक सेक्सको आवश्यकता महशुस भयो रु जवाफ आउँथ्यो, जसबाट लाग्थ्यो कि पुरुषलाई बढीपटक आवश्यकता महशुस भयो । तर, जब यही प्रश्न घुमाउरो पारामा गरियो कि केही आस अवस्था, साथीसँगको निकटता, कुराकानीका क्रममा तपाईलाई कति पटक सेक्स इच्छा जाग्यो रु तब महिला र पुरुषको जवाफ कमोबेश एक बराबर चाहना जाहेर गर्नेवाला थिए । ब्रिटिश कोलम्बिया युनिभर्सिटीका प्रोफेसर लोरी ब्राटो भन्छिन्–यसबाट हाम्रो त्यो धारण ट्टदछ कि महिलालाई सेक्समा कम रुची हुन्छ ।

हो, उनीहरुको इच्छा अलग प्रकारको हुन्छ । एउटा अर्को कुरा जुन अब उत्तम तरिकाले बुझिँदैछ, त्यो यो हो कि महिलाभित्र सेक्सको चाहना उनीहरुको मासिक धर्मको हिसावले बढ्ने र घट्ने गर्दछ । मासिक धर्म सुरु हुनु केही अघि उनीहरुलाई सेक्सको बढी आवश्यकता महशुस हुने गर्दछ । भर्जिनिया युनिभर्सिटीकी मनोवैज्ञानिक एनिटा क्लेटन भन्छिन्–सेक्स हाम्रो परम्परागत जिम्मेवारी अर्थात सन्तान उन्पादन गर्ने माध्यम हो । त्यसैले जब महिलाहरुभित्र अन्डाणु बन्न लाग्दछ तब उनीहरुलई सेक्सको बढी आवश्यकता महशुस हुने गर्दछ । क्लेटनका अनुसार यो त आजभोलिको चलन हो कि सेक्स र सन्तान जन्मउनु अलग अलग गरिँदैछ ।

तर, इश्वरीय रुपमा यो दुवै एकै हो । पहिला डाक्टरहरु पनि पुरुषको हर्मोन टेस्टोस्टेरोनले महिलाहरुमा यौन इच्छा जगाउने काम गर्दछ भन्ने मान्दथे । त्यसैले जब महिलाहरु सेक्समा कम रुचीका विषयमा चिकित्सककोमा जाने गर्दथे । चिकित्सकले पनि उनीहरुलाई टेस्टोस्टेरोन लिन उपाय बताउने गर्दथे । यद्यपि धेरै चिकित्सक अहिले पनि यही उपचार पद्धति कम यौनेच्छा महशुस गर्ने महिलाहरुमा अपनाइरहेका छन् । जबकि तमाम अध्ययनहरुपछि महिलाहरुका यौन इच्छासँग टेस्टोस्टेरोनको कुनै सम्बन्ध भन्ने मान्न थालिएको छ। मिशिगन युनिभर्सिटीकी प्रोफेसर सारी वान एन्डर्स भन्छिन्–यौन चाहनाको असरले हर्मोनको बहाव तेज हुन्छ । र, मानिसहरुले त्यसैले उल्टो बुझे । मानिसहरुलाई लाग्छ कि हर्मोनको बढी बहावबाट यौन चाहना उत्पन्न हुन्छ । तर, उनी भन्छिन कि यौन इच्छाको हर्मोनसँग कुनै सम्बन्ध नै छैन ।

यौन सम्पर्कका क्रममा महिलाहरुलाई अलग अलग अनुभूति हुने गर्दछ । उनीहरु पुरुषजस्तै उत्तेजना, चरमोत्कर्ष र सन्तुष्टिसँग साक्षात्कार हुन् । यस्तो जरुरी छैन । महिलाहरुको मामिलामा सेक्स निश्चित सीमा निर्धारित कुरा होइन । सबै कुरा उलटपुलट हुने गर्दछ । कतिपय अवस्थामा यस्तो पनि हुन सक्छ कि उनीहरुलाई अर्गेज्म पहिला महशुस होस र साथीसँगको सम्पर्कको अवश्यकता पछि । महिलालाई उत्तेजित गर्नका लागि सधैं हरेक पटक यौन अंगसँग छेडखानी गर्नु पनि आवश्यक छैन ।

कतिपय अवस्थामा यस्तो सोचाइबाटै उनीहरु सन्तुष्ट हुने गर्दछन् । उनीहरुका लागि सेक्स दिमागी खेल हो । पुरुषका महिलामा यस्तो सधैं हुँदैन । आवश्यक छैन कि महिलाहरुको इच्छा हरेक पटक सेक्स गरेरै पूरा होस् । हरेक महिला अलग प्रकारले सन्तुष्टि महशुस गर्दछन् । अलग अलग समयमा एक महिला पनि कयौ अलग प्रकारको अनुभूतिबाट गुज्रने गर्दछन् । कयौपटक हस्तमैथुनबाटै पनि सन्तुष्टि प्राप्त हुने गर्दछन् । कतिलाई मात्र सेक्सको सोचबाटै अर्गेजम हुने गर्दछ । कतिलाई पूर्ण सन्तुष्टिका लागि साथी आवश्यक हुन्छ, कतिपय महिलाहरु साथीसँग भएर पनि उसँग सेक्स नगरीकन पनि यौन सुख महशुस गर्दछन् ।

महिलामा यौन इच्छा जागृत गर्ने माध्यम पनि धेरै हुन्छन् । जस्तो कि कसैलाई यौन अंगसँग छेडटाडपछि सेक्स आवश्यक लाग्छ सकछ । कसैलाई किस गर्दा उत्तेजना उत्पन्न हुन्छ । कतिपय महिला आफ्नो साथीमाथि हावी भएर सन्तुष्टि महशुस गर्दछन् । यसको दायरा पनि धेरै ब्यापक छ । अहिले त पोर्न उद्योगले पनि महिलाको हिसावबाट पोर्न फिल्म बनाउन थालेका छन् । पहिला यस्ता चलचित्र मात्र पुरुषका लागि निर्माण गर्ने गरिन्थ्यो । अहिले महिलाको इच्छालाइए ध्यानमा राखेर पोर्न फिल्म बनिरहेका छन् । मनोवैज्ञनिकस्तरमा कुरा गर्ने हो भने हामीलाई अहिले पनि थाहा छैन कि महिलाभित्र सेक्स चाहना कसरी जाग्दछ रु हामीलाई त यो पनि थाहा छैन कि यो चाहना कस्तो हुन्छ रु यो दिमागबाट सुरु हुन्छ वा शरीरको कुनै वा विशेष हिस्साबाट रु यद्यपि सेक्सइच्छा महशुस नहुनुका केही कारण त अहिले स्पष्ट भइसकेको छ। कामकाजी महिलाहरु अक्सर कम यौनेच्छाको गुनासो गर्दछन् ।

घर र कार्यालयको तनाव उनीहरुको यो इच्छामा हावी हुने गर्दछ । यसरी नै सन्तान जन्मिएपछि पनि महिलाहरुको यौनइच्छा कम महशुस हुन सक्दछ । महिलाहरुमा वरपरको माहौलको असर निकै पर्दछ । यदि तनाव छ भने उनीहरुभित्र यौन चाहना कम हुनु निश्चित छ । अमेरिका र ब्रिटेनमा पचास प्रतिशत महिला, वर्षमा कयौपटक यौनइच्छा कम भएको गुनासो गर्ने गर्दछन् । यस्तो अक्सर अनेकन चिन्ताका कारण भएको हो । तर, यो स्थायी भाव भने होइन । यो तनावको माहौल परिवर्तन गरेर महिलालाई रिल्याक्स गराएर यो समस्या हटाउन पनि सकिन्छ । उनीहरुभित्र पुनः यौन इच्छा जगाउन सकिन्छ ।

यसका लागि साथीलाई सम्बन्धमा नयाँपन ल्याउने तरिका थाहा हुनु आवश्यक छ। दिनहुँ नयाँपन अपनाएर शारीरिक सम्बन्धमा रहेको चिसोपन हटाउन सकिन्छ । त्यसो त १५ प्रतिशत महिला यस्ता पनि छन्, जो कम यौनेच्छाका कारणबाट तनाव महशुस भएको गुनासो गर्दछन् । यसमध्ये कति त आफ्ना साथीको मन राख्नकै लागि सेक्स गर्दछन् । जुन उनीहरुका लागि पीडादायी हुने गर्दछ । सेक्सका क्रममा पनि उनीहरुको ध्यान अन्य कुनै कुरामा हुन्छ । जस्तो कि कतै आफ्नो साथीले छोडेर नजाओस् । महिलाहरुमा रहेको कम यौनेच्छा कम गर्ने उपाय अहिले उपलव्ध छ । यद्यपि यसबाट कुनै पनि सफलता सतप्रतिशत ग्यारेन्टी हुँदैन ।

अहिले मनोवैज्ञानिक तरिबाट पनि महिलाहरुमा उनीहरुभित्र यौन इच्छा पुनःजिवित गर्ने गरिएको छ। ध्यान र योगको माध्यमबाट उनीहरुको दिमागी स्वास्थ्य राम्रो बनाउन सकिन्छ । यस्तै मेडिटेशनको क्लासमा ती महिलाहरुलाई उनीहरुको खुबीका बारेमा बताइने गर्दछ ।

उनीहरुलाई शरीरको विशेष अंगका बारेमा जानकारी दिने गरिन्छ । जहाँ छुँदा उनीहरुलाई उत्तेजना उत्पन्न हुन सक्दछ । कतिपय मानिस महिलाहरुमा यौन इच्छा जगाउनका लागि फिमेल भियाग्राको पनि सिफारिस गर्दछन् ।

‘एडी’ नामको यो औषधिलाई अमेरिका सरकारले पनि अनुमति दिएको छ । तर, वैज्ञानिक र डाक्टर दुवै मान्दछन् कि ‘एडी’ महिलाहरुमा यौन इच्छा जगाउन सफल छैन । किनकि यसले महिलाहरुको यौनेच्छाको मात्र एउटा पक्षलाई लक्षित गर्दछ । जबकि कुनै महिलाभित्र यौन इच्छाको कयौ पक्ष हुन्छन् । यो औषधिको साइड इफेक्ट पनि छ । यो औषधि सेवन गरेपछि उल्टी, थकान, टाउको दुख्ने, निन्दा नलाग्नेजस्ता समस्या उत्पन्न हुन सक्दछ । उनीहरुले यो औषधि सेवन गरेपछि मदिरापान पनि गर्न सक्दैनन् । जानकारहरु भन्छन् कि महिलाभित्र यौन इच्छा जगाउनका लागि मनोवैज्ञानिक पक्षका काम गर्नु बढी उत्तम तरिका हो ।

उनीहरु आसपासको माहौललाई राम्रो बनाउनु आवश्यक छ। उनीहरु तनावको कारण हटाउनु जरुरी छ । उनीहरुले सहज महशुस गरेको खण्डमा उनीहरुभित्रको कामेच्छा स्वतः जाग्नेछ । त्यसो त महिलाहरु आफूभित्र सेक्स चाहनालाई त्यतिबेलासम्म समस्याका रुपमा लिँदैनन् जबसम्म उनीहरु कुनै सम्बन्धमा हुँदैनन् । त्यसपछि साथीको मागको दबावले उनीहरुलाई कम यौनेच्छाले समस्या महशुस गराउने गर्दछ । यो आवश्यक छैन कि साथीको इच्छा बराबर नै महिलाहरुलाई पनि यौन इच्छा महशुस होस् ।

दुवै जना बसेर यो विषयमा छलफल गर्ने र एकअर्काको आवश्यकता र इच्छा बुझ्नु उत्तम हुनेछ । जहाँसम्म इच्छाको कुरा छ, यसको कुनै वल्लो किनार र पल्लो किनार छैन । यो अलग अलग मानिसमा मात्र होइन, कतिपय अवस्थामा एक व्यक्तिभित्र पनि अलग अलग हुने गर्दछ । कुनै व्यक्तिमा कम हुन सक्छ भने कुनैमा बढी । यो भन्नु पनि गलत हुने छ। किनभने कम कति हो, बढी कति हो रु यसको पनि कुनै सीमा छैन । एजेन्सी

 

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्