Logo
८ बैशाख २०८१, शनिबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यौनक्षमता बढाउन साइड इफ्क्ट गर्ने औषधी होइन खानुस् यी खानेकुराहरु

जतिसुकै आर्दशका कुरा गरिएपनि जीवनमा यौन नभई नहुने कुरा हो ।  यौन क्षमताको कुरा गर्न मानिसले जतिसुकै संकोच गरे पनि, हिच्किचाहट भए पनि यो विशुद्ध शारीरिक आवश्यकताको कुरा हो ।

यौन क्षमता राम्रो भएन भने मानिसको शारीरिक, मानसिक र सामाजिक र पारिवारिक जीवन नै पनि अस्तव्यस्त बन्न सक्छ । खासगरी, भियाग्रा लगायत यौन क्षमता बढाउने आधुनिक औषधीहरुको जमानामा मानिसहरुले थुपै खानेकुराहरुले प्राकृतिक रुपमा नै पनि यौन क्षमतालाई बढाउन सक्छ भन्ने कुरातर्फ खासै ध्यान दिन छाडिसकेका छन् । यहाँ हामी त्यस्ता केही खानेकुराहरुका बारेमा उल्लेख गर्दैछौं ।

कुरिलो
कुरिलोमा प्रशस्त मात्रामा फोलेट पाइन्छ । भिटामीन बीको एउटा रुप फोलेटले शरीरमा हिस्टामिनको उत्पादनमा सहयोग गर्छ । सही मात्राको हिस्टामीन महिला तथा पुरुष दुवैमा स्वस्थ यौन क्षमता कायम राख्नको लागि आवश्यक हुन्छ ।

एभोकाडो
एभेकाडोमा शक्तिको उत्पादनको लागि अत्यावश्कय फोलिक एसिड प्रशस्त मात्रामा पाइन्छ । त्यसबाहेक यसो मानिसको मुड र स्वस्थ महसूस गराउने स्वस्थकर चिल्लो पदार्थ पनि प्रशस्त मात्रामा पाइन्छ ।

ब्लुबेरी
शरीरमा डोपामिनको स्तर बढाउनको लागि ब्लुबेरीले महत्वपूर्ण भूमिका खेल्छ । ब्लुबेरीले शरीरमा डोपामिन निस्काशनको लागि क्षमता प्रदान गर्छ । डोपानमीन भनेको हाम्रो शरीरको शक्तियुक्त उत्प्रेरक न्यूरोट्रान्समिटर हो ।

त्यसले उमेरबृद्धिसँगै शरीरमा हुने डोपामिनको कमीबाट पनि बचाउँछ । यसले मस्तिष्कको शक्ति उत्पादनलाई बढाउनुको साथै मस्तिष्कको कार्यक्षमतालाई पनि जवान बनाइराख्छ । बढ्दो उमेरसँग घट्ने डोपामिनको तहलाई बढाउन र चाँडो बुढो हुन नदिनको लागि ब्लुबेरीले महत्वपूर्ण भूमिका खेल्छ ।

चिसो पानीमा पाइने माछा
चिसो पानीमा पाइने माछाहरुमा ओमेगा ३ प्रशस्त मात्रामा हुने गर्छ । यस्ता माछाहरुले हाम्रो शरीरको यौन क्षमतलाई पनि बढाउन मद्दत गर्छ । ओमेगा ३ हाम्रो मस्तिष्क र स्नायु प्रणालीको स्वास्थ्यको लागि अति उपयोगी चीज हो ।

त्यसले हाम्रो मुडलाई ठीक राख्छ, स्वस्थ महसूस गराउँछ, डिप्रेसन हुन दिँदैन, छाला चम्किलो बनाउँछ र मस्तिष्कको क्षमता लाई बलियो बनाएर हाम्रो स्मरणशक्तिसमेत बढाइदिन्छ ।

चकलेट
प्रेमको अनुभूति जागृत गराउने रसायन मानिने फेनाइलथायलामाइन (phenylethylamine) कालो चकलेटमा पाइन्छ । सो रसायनले मानिसमा यौनेच्छा जागृत गराउने तथा यौन सक्रियता पैदा गराउने काममा समेत भूमिका खेल्छ भन्ने मानिन्छ ।

द जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित एक अध्ययनमा प्रत्येक दिन एउटा टुक्रा चकलेट खाने महिलाहरुमा नखाने महिलाको तुलनामा सक्रिय यौन जीवन बढी बिताउने गरेको पाइएको थियो ।

खरबूजा
खरबुजामा प्रशस्त मात्रामा एल–सिट्रुलिन (L-citrulline), नामक एमिनो एसिड पाइन्छ । एल–सिट्रुलिन रुपान्तरण भएर एल–आर्गिनाइन (L-arginine) र नाइट्रिक अक्साइड (nitric oxide) मा परिणत भएपछि शरीरमा राम्रोसँग रक्त प्रवाह हुनलाई सहयोग गर्छ । नाइट्रिक अक्साइडले रक्तनलीहरुलाई खुकुलो बनाउन मद्दत गर्छ ।

शरीरमा नाइट्रिक अक्साइडको स्तर कम हुँदा मानसिक तथा शारीरिक थकान हुने तथा यौन दुर्बलता पैदा हुने हुन्छ । भियग्राले जस्तै खरबुजामा पाइने एल–सिट्रुलिनले पनि यौनांगहरुमा रक्तप्रवाहलाई बढाइदिन्छ ।

रोचक कुरा के छ भने यसको कुनै नकारात्मक असर पनि हुँदैन । यौन क्षमता बढाउने हुनाले कतिपय विज्ञहरुले त खरबूजालाई प्राकृतिक भियग्राको संज्ञा पनि दिने गर्छन् ।

लसुन
लसुनमा एलिसिन allicin) पाइन्छ । यो रसायनले यौनाङ्गहरुमा रक्तप्रवाह बढाउने काम गर्छ भन्ने विश्वास गरिन्छ । केही विज्ञहरुको रायमा त लसुन यौनेच्छा बढाउने र यौनसन्तुष्टि दिने (aphrodisiac) अत्यन्तै शक्तिशाली खानेकुरा हो । तर यसले रातारात त्यो नतिजा चाहिँ दिँदैन । त्यसको लागि लसुनको ट्याब्लेट वा लसुन नै दैनिक रुपमा खाने गर्नुपर्छ । त्यसरी नियमित लसुन खाने हो भने त्यसको नतिजा एक महिनामै देखिन थाल्छ ।

सीपी
समुद्रमा पाइने सीपी (Oysters) खाद्य पदार्थको रुपमा पनि उपभोग हुने गर्छ । सीपीमा प्रशस्त मात्रामा जिंक पाइन्छ । जिंक शरीरमा टेस्टोस्टेरोन (testosterone) को उत्पादन गर्न र हाम्रो शुक्रकीटलाई स्वस्थ राख्नको लागि अत्यावश्यक हुन्छ ।

त्यसो त महिलामा पुरुषको तुलनामा टेस्टोस्टेरोन कमै हुन्छ तर यसले पनि महिलाको यौनेच्छामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्छ । सीपीले महिला तथा पुरुष दुवैमा यौनेच्छा जागृत गर्ने रसायन डोपामाइनलाई पनि बढाउने गर्छ ।

बदाम
अध्ययनहरुले देखाएको छ, र एल–आर्गिनाइन पुरुषहरुको यौनक्षमता बढाउनको लागि उपयोगी हुने गर्छ । बदाममा प्राकृतिक रुपमा नै प्रशस्त मात्रामा र एल–आर्गिनाइन हुने गर्छ । यो रसायनले शरीरमा रक्तनलीहरुलाई सहज तुल्याउने नाइट्रिक अक्साइड बनाउन मद्दत गर्छ । प्रारम्भिक अध्ययनहले देखाएअनुसार र एल–आर्गिनाइनले मानिसको यौन दुर्बलतालाई समेत हटाउन मद्दत गर्छ ।

फर्सीको बियाँ
सीपीमा जस्तै फर्सीको बियाँमा पनि प्रशस्त मात्रामा जिंक पाइन्छ । फर्सीको बियाँले मािनसको प्रोस्टेट ग्लान्डलाई स्वस्थ राख्न मद्दत गर्छ । माथि पनि उल्लेख गरिसकिएको छ, जिंकले महिलाहरुको यौनक्षमतालाई बढाउने काम गर्छ ।

एउटा अध्ययनले फर्सीको बियाँ यौनेच्छा जागृत गराउने राम्रो खाद्य पदार्थ हो भन्ने देखाएको छ । फर्सीको बियाँमा प्रशस्त मात्रामा ओमेगा ३ पनि पाइन्छ । बताइबस्नु पर्दैन कि स्वस्थ यौन जीवनको लागि ओमेगा ३ अति आवश्यक चीज हो ।

यौनक्षमता बढाउने थप पाँच उपाय
आफ्नो जीवनमा हरेक दम्पत्ती यौन जीवनमा सन्तुष्ट हुन चाहन्छ । तर, त्यसका लागि शक्ति चाहिन्छ । अधिकांश दम्पत्तीमा शक्ति नहँदा सम्बन्धमा दरार पैदा हुने गरेको छ ।

यौन तथा शारीरिक सम्पर्क प्राकृतिक परम्परा भएकाले यसलाई पुरा गर्न दम्पत्तीमा शक्तिको आवश्यकता पर्दछ । स्वास्थ्य चिकित्सकका अनुसार महिला भन्दा पुरुषमा धेरै यौनशक्ति आवश्यक हुन्छ ।

जसलाई बढाउन निम्न उपाय अपनाउन सकिन्छ :

तनावरहित हुनुस्ः

तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन ।

चिल्लो कम खानुस्:

चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ ।

जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् ।

यौनवद्र्धक खाना खानुस्ः

एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।

व्यायाम गर्नुस्ः

व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ ।

हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ ।

स्वास्थ्यबारे सचेत रहनुस्ः

छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ ।

यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ ।

यौन चिकित्सकलाई भेट्नुस्ः अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ ।

सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्