Logo
१३ बैशाख २०८१, बिहीबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पोखरामा स्व. रवीन्द्र अधिकारीको पूर्णकदको शालिक अनावरण (फोटोफिचर)

राष्ट्रिय विभुति तथा सहिद पार्क व्यवस्थापन समितिले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री रविन्द्र अधिकारीको स्मृतिमा पोखरा महानगरपालिका-१८ मा निर्माण गरेको पूर्ण कदको बिहीबार सालिक अनावरण समारोहमा सहभागी नेता तथा स्थानीय ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री पर्यटन मन्त्री रवीन्द्र अधिकारीको पूर्ण कदको सालिक पोखरामा अनावरण गरिएको छ ।

पोखरा महानगरपालिका-१८ जामुनाबोटस्थित राष्ट्रिय विभुति तथा सहिद पार्क व्यवस्थापन समितिले सालिक निर्माण गरेको हो ।

गत वर्ष आजकै दिन तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमाननस्थल अवलोकनपछि फर्कंदै गरेका तत्कालीन पर्यटन मन्त्री रवीन्द्रसहित नागरिक उड्डयन प्राधिकरका कर्मचारी, पर्यटन व्यवसायी, सुरक्षाकर्मी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना हुँदा सात जनाको निधन भएको थियो ।

दुर्घटनामा मन्त्री अधिकारीसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवेन्द्रकुमार श्रेष्ठ, निर्देशक ध्रुव बजिमय, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, सुरक्षाकर्मी अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको निधन भएको थियो ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्