Logo
१५ चैत्र २०८०, बिहीबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

छुटिएर बसेको ५ वर्ष पछि कोन्कोना र रणवीर बिच सम्बन्ध विच्छेद

कोन्कोना सेन शर्मा र रणवीर शोरेले विवाह गरेको १० बर्ष पछि छुट्टिने निर्णय गरेका हुन् ।

सम्बन्ध विच्छेदको लागि मुद्दा दायर गर्नु भन्दा पहिले कोन्कोना र रणवीरले यस सम्बन्धलाई दोस्रो मौका दिने परामर्श खोजे तर दुबै सहमत भएनन् र सम्बन्धविच्छेद गर्ने निर्णय गरे । विवाह भएको पाँच बर्ष पछि दुबै अलग बस्दै आएका थिए ।
दुबैले आधिकारिक रूपमा डिवोर्सको लागि आवेदन दिएका छन् ।

 

दुबैले औपचारिकता पूरा गरिसकेको छन् । कोन्कोना र रणवीरका ६ वर्षे छोरा छ । दुबैले आपसी सहमतिले बच्चाको संरक्षणको लागि संयुक्त हिरासत छनौट गरेका छन् । सम्बन्ध बिग्रिए पछि पनि ती दुवैले सँगै छोराको हेरचाह गरिरहेका थिए ।कोन्कोना सेन शर्मा र रणवीरले २०१० मा विवाह गरेका थिए । दुबैले धेरै फिल्महरूमा सँगै काम गरेका छन । दुबैले ट्राफिक मा सिग्नल, मिक्स डबल्स इत्यादि जस्ता फिल्महरूमा सँगै काम गरेका थिए । कामकै क्रममा ती दुबै प्रेममा परे र विवाह गर्ने निर्णय गरेका थिए ।
उनिहरु अन्तिम पटक २०१६ को डेथ इन गञ्जमा देखिएका थिए ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्