Logo
१३ बैशाख २०८१, बिहीबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कर्णाली प्रदेश सरकारको उद्देश्य पुरागर्न, गाउपालिकाद्धारा कृषकलाई अर्गानिक उत्पादनको तालिम

कर्णाली प्रदेश सरकारले लिएको उद्देश्य पूरा गर्न जाजरकोटका स्थानीय तह जुटेका छन् । अर्गानिक प्रदेश बनाउने प्रदेश सरकारको योजनालाई सफल पार्न यहाँका स्थानीय तहले विभिन्न क्रियाकलाप गर्दै कामलाई तीव्रता दिएका छन् ।

जिल्लाको शिवालय र कुशे गाउँपालिकाले यो अभियानलाई तीव्र बनाउँदै कृषकलाई तालिम दिन शुरु गरेका छन् । अध्यक्ष कृषि प्राविधिमैत्री कार्यक्रम लागू गरेर शिवालय गाउँपालिकाले अर्गानिक उत्पादनलाई जोड दिएको प्रमुख प्रशासकीय अधिकृत धनीराम शर्माले जानकारी दिए ।

गाउँपालिकाका अगुवा कृषकलाई तालीम दिएर गाउँपालिकाले अर्गानिक उत्पादनका साथै जैविक विषादी उत्पादन र रसायनिक विषादी निषेधको काम थालनी गरेको छ ।

स्थानीय जातका तितो, टर्रो जातका झारपातबाट जैविक विषादी निर्माण गरी अर्गानिक उत्पादन गर्न लागिएको शिवालय गाउँपालिका कृषि शाखाका प्रमुख विश्वमित्र शर्माले जानकारी दिए ।

जैविक विषादी बढी उत्पादन गर्ने कृषकले प्रतिबोतल रु १५ का दरले बिक्री वितरण गर्ने अभियान चालेको उनले बताए । पहिलो चरणमा ७५ अगुवा कृषकलाई जैविक विषादी निर्माणको सीप सिकाइको छ ।

त्यस्तै टिमुरखेतीसम्बन्धी तालीम कृषकलाई दिइएको छ । यो आर्थिक वर्षमा सानो बजेटबाट शुरु गरिएको कार्यक्रमको प्रभावकारिता हेरेर अर्को वर्ष बजेट थपघटको बाटो अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार शाहीले जानकारी दिए ।

त्यस्तै ‘एक घर, एक करेसाबारी’ कार्यक्रम शुरु गरिएको छ । आफ्नै बारीमा तरकारी उत्पादन गरी अर्गानिक स्वाद लिन यो कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष शाहीले जानकारी दिए ।

कृषकलाई बेमौसमी तरकारी बालीको बीउबिजन वितरण गरिएको छ । चैत महिनाभित्र यहाँका सबै कृषकको खेतबारीको माटो जाँच गर्न लागिएको छ । उत्पादन वृद्धि गरी अर्थोपार्जन गर्न सहज होस् भनी गाउँपालिकाले माटो जाँच गर्न लागेको हो ।

त्यस्तै कुशे गाउँपालिकाले अर्गानिक गाउँपालिका घोषणा गर्न विषादी प्रतिबन्ध लगाएर काम थालनी गरेको छ । कृषकलाई तालिमदेखि उन्नत जातको बीउ वितरण गरिएको कृषि शाखाका धीरेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्