Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 27, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इञ्जिनियर बताउनेसंग टिकाटालो, दिनभर कुरीरहिन् बेहुली, तर आएनन् दुलाह

कार्डमा नक्कली बाबु-आमाको नाम

एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो ।

आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए ।

१५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो ।

केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् ।

कार्डमा दिइएको केटाको बाबु-आमाको नाम पनि नक्कली रहेको खुल्यो । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेछ ।

काठमाडौँमा नभेटिएका बस्नेत अन्ततः पोखरा विमानस्थलमा भेटिए ।

उनको साथबाट स्रोत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनले के कारणले यस्तो गरे भन्ने खुलेको छैन ।

उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने भइरहेको छ । प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उजुरी आएको थियो । फरार रहेका ती दुलहा अझै फेला परेका छैनन् भन्दै कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

प्रकाशित मिति: Feb 27, 2020

प्रतिक्रिया दिनुहोस्