Logo
८ बैशाख २०८१, शनिबार
(February 26, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेतीदेवी माध्यमिक विद्यालयलाई लोचन वास्तु तथा ज्योतिष सेवाद्वारा शैक्षिकसामाग्री वितरण

प्रदेश ३ स्थित इन्द्रावती गाउँ पालिका ११ बोडगाउँ , सिन्धुपाल्चोकमा रहेको सेतीदेवी माध्यमिक बिद्यालयलाई लोचन वास्तु तथा ज्योतिष सेवाद्वारा शैक्षिकसामाग्री वितरण गरेको छ ।

यस विद्यालयमा माझी समुदायका अति विपन्न २८० जना विद्यार्थी रहेका छन। सिन्दुपाल्चोकको ग्रामिण भेगमा रहेको यस विद्यालयलाई यस्तो सहयोगले शैक्षिक गुणस्तर सुधार हुने भन्दै शैक्षिकसामाग्री वितरण गरिएको हो ।

विद्यालयका प्रधानाध्यापकले लोचन वास्तु तथा ज्योतिष सेवाका उत्तम उपाध्याय न्यौपाने लगायत सम्पुर्ण टिमलाई धन्यवाद दिदै भबिष्यमा अझ सहयोगको आशा गरेको वताए ।

कार्यक्रममा विद्यालय व्यवस्था समितिका अध्यक्ष तथा अन्य वक्तीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: Feb 26, 2020

प्रतिक्रिया दिनुहोस्