Logo
१३ बैशाख २०८१, बिहीबार
(February 25, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिखमागेर ७३ बर्षे भिखारीले दिए ८ लाख रुपैयाँ चन्दा

आंध्र प्रदेशको विजयवाडाको मन्दिरको अगाडि भीख माग्दै ७३ बर्षे भिखारीले गत वर्ष ८ लाख रुपैयाँ चन्दा दिएका छन । वृद्ध भिखारीहरू भन्छन् कि मन्दिरमा चन्दा दिएर उनीहरूको आम्दानीमा ठूलो वृद्धि भएको छ ।

यसभन्दा पहिले उनले आफ्नो जीवनशैली अगाडि बढाउनको लागि रिक्सा चलाउने गर्थे तर घुँडा दुखाईका कारण उनले यो जागिर छोड्नु पर्यो र मन्दिरको अगाडि भीख माग्न बाध्य हुनु पर्याे ।

रेड्डीको स्वास्थ्य बिग्रन थालेपछि उनले महसुस गरे कि उनलाई यति धेरै पैसाको आवश्यक्ता पर्दैन र उनले मन्दिरमा अधिक रकम चन्दा दिन थाले ।

रेड्डीले भने कि उनले मन्दिरमा चन्दा दिन थालेदेखि उनको आम्दानी पनि बढेको छ साथै मानिसहरूले उनलाई चिन्न थालेका छन ।उनले अहिले सम्म ८ लाख रुपैँया मन्दिरमा दान दिएका छन ।

प्रकाशित मिति: Feb 25, 2020

प्रतिक्रिया दिनुहोस्