Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजीनामा स्विकृत नभएपछि फेरि मन्त्रालय फर्किईन राज्यमन्त्री डीम्पल झा

प्रदेश नम्बर २ की भौतिक पूर्वाधार राज्यमन्त्री डा. डीम्पलकुमारी झा काममा फर्किएकी छिन् ।

उनले दिएको राजीनामा अस्वीकृत भएपछि उनी मन्त्रालयमा फर्किएकी उनको सचिवालयले जनाएको छ ।

झाले गत माघ १४ गते राजीनामा दिएकी थिइन । कतिपयले २ नम्बर प्रदेशमा सरकार फेरबदल हुने हल्ला चलेकोले मुख्यमन्त्री बन्नेगरि राजिनामा दिएको भनेरपनि टिकाटिप्पणी भएको थियो ।

तर, उनले उक्त आरोपको खण्डन गर्दै आएकी थिईन् । झण्डै एक महिनासम्मपनि उनको राजीनामा स्विकृत नभएपछि उनी पूनः मन्त्रालयको काममा फर्किएकी हुन् ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्