Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दाङ पुगेर महराले भने-‘आफूलाई अझै पनि फसाउने षड्यन्त्र भइरहेको छ’

हालै निलम्बन फुकुवा भएका सांसद तथा पुर्ब सभामुख कृष्णबहादुर महरा ले आफ्नो निर्वाचन क्षेत्र प्रदेश ५ स्थित दाङ पुगेर आफूलाई फसाउने गिरोह अझै पनि षड्यन्त्र गरिरेको बताएका छन् ।

महराले आफु तीन महिनाको भुमरिबाट बाहिर निस्कन सफल भएको भन्दै आफुलाई षड्यन्त्र गर्ने गिरोह अझैपनि सक्रिय रहेको बताए । सो अवसरमा पुर्ब सभामुख महराले आफुलाई सहयोग गर्ने, शुभेच्क्षा प्रकट गर्ने सबैलाई धन्यबाद प्रकट गरेका थिए ।

महराले यो घटनाबारे आफु अहिले केही नबोल्ने भन्दै आफु मतदाताहरु भेट्न निर्वाचन क्षेत्रमा जान लागेको बताए ।

उनले आफु जिल्लाको विकासमा निरन्तर लागिपर्ने समेत बताएका थिए ।

पुर्ब सभामुख महरालाई गृह जिल्ला दाङका विभिन्न स्थानहरुमा भब्य स्वागत र सम्मान गरिएको छ ।

महरालाई दाङको लालमटिया, सिसहनिया, लमही र घोराहीमा नागरिकहरुले भव्य स्वागत गरेका थिए।

सोमबार काठमाण्डौबाट दाङपुग्ने क्रममा भालुबागङमा समाज र दंगाली जनताहरुले बाजागाजा,अबिर, खादा र मालाले भब्य स्वागत गरेका थिए ।

 

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्