Logo
१३ बैशाख २०८१, बिहीबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल परिवार दललाई संघीय संसदमा प्रतिनिधित्व गराउन एकनाथ ढकालको माग

चुनावको बेला भएको ३ बुदे सहमती कार्यन्वयन गर्न नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालले नेकपाका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ ध्यानाकर्षण गराएका छन् ।

नेकपाको केन्द्रिय कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डसंग भेटेर ढकालले समसामायिक राजनैतिक बिषयमा छलफल गर्नुको साथै तत्कालिन नेकपा एमाले र नेपाल परिवार दलबीच भएको ३ बुदे सहमतिको कार्यन्वयनका लागि ध्यानाकर्षण गराएका हुन् ।

उनको निजि सचिब जितेन्द्र श्रेष्ठका अनुसार सोमवार यसअघि परिवार दलले नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसंग पनि भेटेर ढकालले ध्यानाकर्षण गराएका थिए ।

गत निर्बाचनको बेलामा परिवार दलले तत्कालिन एमालेसँग ३ बुदे सहमति गरि वाम गठबन्धनलार्इ सघाएको थियो । संघीय संसदमा सहमतिमा परिवार दलको प्रतिनिधित्वको सुनिश्चित गरिने उल्लेख थियो ।

अध्यक्ष प्रचण्डले दुई पार्टीको बिगतदेखिको सहकार्यको स्मरण गर्दै आफ्नो ध्यानाकर्षण भएको र सहमतिलाई सकारात्मक रुपमा पार्टीमा छलफल गर्ने बताएको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताए ।

भेटमा नेकपाका बरिष्ट नेता माधबकुमार नेपाल र महासचिब बिष्णु पौडेलको सहभागीता रहेको थियो भने परिवार दलका महामन्त्री बिनोद डाँगी, प्रबक्ता पौडेल तथा गण्डकी प्रदेश संयोजक प्रकाशबाबु थापाको पनि सहभागीता रहेको थियो ।

अध्यक्ष ढकाल हाल ससंदमा छैनन भने कुनैपनि माध्यमबाट आफूलाई सांसद बनाउनु पर्ने नेकपा समक्ष उनको माग रहेको छ । केहि महिना अघि ढकालको नेतृत्वमा भएको एक कार्यक्रममा होवाइनको निकै चर्चा भएको थियो ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्