Logo
७ बैशाख २०८१, शुक्रबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेयरका भान्जालाई टेण्डर नपर्ने भएपछि जनकपुरले गुमायो ३ करोडको सरसफाई सामग्री

प्रदेश २ स्थित जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहको व्यक्तिगत स्वार्थका कारण उपमहानगरपालिकाले नगरको सरसफाईका लागि अनुदान वापत पाउने ३ करोड बराबरको सामाग्री अवसर गुमाएको छ ।

प्राप्त जानकारी अनुसार एडीबीको ऋण सहयोगमा संचालित आईडीयूपी परियोजना अन्तर्गत परियोजना सफल भएको अवसरमा अनुदान वापत ३ करोड मूल्य बराबरको जेसीबी, मोबाइल टयांकर, सेफ्टी टयांक र डस्टबीन लगायतका सामाग्री दिने योजनामा एडीबी थियो ।

तर मेयर साहको व्यक्तिगत अडानको कारण उपमहानगरपालिकाले समयमा प्रक्रिया पुरा गर्न नसकेकोले उक्त अनुदान प्राप्त हुननसकेको हो ।

गत डिसेम्बर महिनामा सम्पन्न हुने सो परियोजना अन्तर्गत डिसेम्बर महिनाभित्र अनुदानका लागि कागजी प्रक्रिया पुरा गरेर पठाउन एडीबीले भनेको थियो ।

तर मेयर साहले व्यक्तिगत स्वार्थ खोज्दा उपमहानगरपालिकाले कागजी प्रक्रिया तोकिएको समयमा पुरा नगरेपछि उक्त अनुदान वापतको सामाग्री आउन सकेन ।

आईडीयूपीका प्रमुख गंगा यादवले एडीबीले अनुदान वापतको सामाग्रीका लागि मात्र ७ दिनको अवधि दिएको कारण प्रक्रिया पुरा हुन नसकेको दावी गरे ।

‘सो सामाग्रीका लागि तात्कालिन उपमहानगरपालिका प्रशासकीय अधिकृत धर्मानन्द जोशीबाट सबै प्रक्रिया पुरा भई तीन पैकेजमा टेण्डर पनि निकाल्यो, विभिन्न सेवा प्रदायक संस्थाले टेण्डर पनि भयिो ।’ उनले भने ‘सबै प्रक्रिया पुरा गरी विभागमा स्वीकृतिका लागि कागजात पठाइएपछि ढिलो भएको कारण अनुदान रकम स्वीकृत हुन सकेन’ ।

तर श्रोतका अनुसार अनुदान प्रक्रिया पुरा गर्न बोर्ड बैठकबाट निर्णय त भयो । यद्यपी मेयर साहले उक्त पक्रियालाई दवाएर राखे । उनको व्यक्तिगत स्वार्थका कारण समयमा निर्णय हुन सकेन । ढिलो गरी नै आईयूडीपीमा बोर्ड बैठकको निर्णय पठाइएको थियो ।

अनुदान प्रक्रियाका लागि समयावधि छोटो रहेको भनी तात्कालिन अधिकृत जोशीले झकझकाउंदा पनि उनी व्यक्तिगत स्वार्थका लागि समयमा बोर्ड बैठक निर्णय गराएनन् ।

श्रोत भन्छनु मेयर साहले आफू अनुकुल व्यक्तिलाई टेण्डर दिन नभए अन्यलाई दिइएमा कमीशनको लागि राखेको कुराको विवादले बोर्ड बैठक र टेण्डर प्रक्रियामा ढिलाई भएको थियो । स्मरणीय के छ भने उपमहानगरपालिकाका अधिकांश टेण्डर मेयर साहले आफू अनुकुल आफ्ना भान्जा अरुण साहलाई दिलाउंदै आएको छ ।

अनुदान वापत मोबाइल टयांकर ६ वटा, सेफ्टी टयांकर २, जेसीबी १, टयाक्टर १० र डस्टपीन ३ सय वटा गरी तीन करोड मूल्य बराबरको सामाग्री एडीबीले दिने थियो । तर मेयर साहको व्यक्तिगत स्वार्थका कारण उपमहानगरपालिकाले सो अवसर गुमाएको छ ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्