Logo
१५ चैत्र २०८०, बिहीबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वका कम्युनिष्टहरुले नेपालबाट पाठ सिक्नेगरी हामिले काम थालेका छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वका कम्युनिष्टहरु नेपालबाट पाठ सिक्नेगरी आफूहरुले काम थालेका बताएका छन् । विश्वका कम्युनिष्टहरुले नेपालबाट धेरै कुरा सिक्नुपर्ने उनले जोड दिएका हुन् ।

मञ्चमा बसेर झण्डै डेढघण्टा लामो प्रशिक्षण मन्तव्य राखेकाका प्रधानमन्त्री ओलीले अधिकाँश समय भने सरकारको बचाउमा खर्च गरेका थिए।

उनले सरकारले शिक्षा, स्वास्थ्य, उर्जा, विकास निर्माणमा धेरै काम गरिरहेको बताएका थिए।

इतिहासका फरक-फरक धारलाई एउटै ठाउँमा ल्याएर एउटै पार्टी बनाएका छौँ’ उनले भने, ‘विश्वका कम्युनिष्ट प्रगतिशील, देशभक्तिपूर्ण आन्दोलनहरुले हामीबाट शिक्षा लिएका छन्।’

पार्टी एकतालाई जोगाइराख्न कार्यकर्तालाई आग्रह गरेका छन्। साविकका एमाले र माओवादी एकता धेरै शक्तिका लागि नमुना बनेको भन्दै उनले आफुहरुबाट विश्वका कम्युनिष्ट र प्रगतिशिल आन्दोलनले पाठ लिएको दाबी गरे।

माओवादी द्वन्द्वको रुपान्तरण पनि विश्वका लागि नमुना भएको उनले बताए। ‘हामीले द्वन्द्वलाई मौलिक ढंगले व्यवस्थापन गरेर शान्ति प्रक्रिया सफलताको अन्तिम विन्दुमा छौँ’, ओलीले भने, ‘यो दुनियाको लागि नमुनाको विषय हो।’

भुटानी शरणार्थी समस्या समेत तेस्रो देशमा व्यवस्थापन गरेर नमुना पेश गरेको उनले जिकिर गरे। नेपालमा रहेका भुटानी शरणार्थी तेस्रो मुलुक अर्थात अमेरिका स्थानान्तरण भएका छन्।

प्रतिक्रियावादीले जनताको शक्तिलाई पराजित गर्न नसक्ने बताउँदै उनले भने ‘सचेत, संगठित र शान्तिपूर्ण जनदबाबबाटै परिवर्तन ल्याउन सकिन्छ।’
उनले कार्यकर्तालाई उच्च मनोबलका साथ अगाडि बढ्न समेत आग्रह गरे। लोकतान्त्रिक विधि र प्रक्रियाबाट अघि बढ्न खोज्दा प्रतिक्रियावादीले विगतमा बाटो छेकेको उनले बताए।

‘आफूले जित्नुपर्छ, आफूले नजितेपछि अलोकतन्त्र भइहाल्छ, अधिनायकवाद भइहाल्छ भन्नु प्रतिक्रियावादको परिभाषा हो’ उनले भने।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई सोमबार पोखरामा स्वागत गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ लगायत
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई पोखरा विमानस्थलमा स्वागत गरिँदै । तस्वीरः हरि बास्तोला,रासस

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्