Logo
१५ चैत्र २०८०, बिहीबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

त्रासमा पाकिस्तान : भारतसँग ३ अर्ब डलर बराबरको अमेरिकी रक्षा सम्झौता

अमेरिकी राष्ट्रपति भारतको दुई दिने भ्रमणमा रहेका छन् । सो उनले भारतसँग ३ अर्ब अमेरिकी डलर अर्थात ३ खर्ब ४० अर्ब नेपाली रुपैयाँ बराबरको रक्षा सम्झौता गर्ने बताएका हुन् ।

विश्वकै सबभन्दा ठूलो मोटेरा स्टेडियममा आयोजित ’नमस्ते ट्रम्प’ कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले भने, “मंगलबार हाम्रा प्रतिनिधिहरुले तीन बिलियन अमेरिकी डलरको सम्झौतामा हस्ताक्षर गर्ने घोषणा गर्न पाँउदा निकै खुशी लागेको छ । जुन बिलकुल सैन्य हेलिकोप्टर र अन्य भारतीय सेनाका लागि उपकरणहरुसँग सम्बन्धित हुनेछ ।“

उनले भारतलाई विश्वकै उत्कृष्ट र निकै भयानक सैन्य उपकरण प्रदान गर्न लागिएको बताए । उनले भने, “हामीले रक्षा सहकार्यलाई अघि बढाउने क्रममा भारतलाई विश्वकै उत्कृष्ट र भयानक हतियार प्रदान गर्दैछौं । हामीले अहिलेसम्मकै ठूला हतियारहरु बनाएका छौं । हामीले उत्कृष्ट बनाएका छौं र अहिले भारतसँग सम्झौता गर्दैछौं ।“

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्