Logo
१२ बैशाख २०८१, बुधबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ जना नेपाली कर्मचारीसहित दरबारमार्गमा खुल्यो चिनियाँ भिसा सेन्टर

काठमाडौं : चीनले काठमाडौंको हात्तीसारस्थित कार्यालयबाट भिसा आवेदन लिन बन्द गरेरे दरबारमार्गमा भिसा सेन्टर खोलेको छ ।

दरबारमार्गमा खोलिएको भिसा सेन्टर सोमबारबाट शुभारम्भ गरिएको हो । राइजिङ मलको दोस्रो तलामा खोलिएको भिसा सेन्टरमा १२ जना नेपाली कर्मचारीहरु छन् ।

यसअघि नेपालस्थित चिनियाँ दूतावासले हात्तिसारस्थित कार्यालयबाट आफैं भिसा आवेदन संकलन गर्थ्यो । अब भने त्यो काम ‘चाइना इन्टरनेशनल इन्टेलेक्टेक’ नामको कम्पनीलाई जिम्मा दिइएको छ ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्