Logo
११ बैशाख २०८१, मंगलबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउन खोज्ने ४ जना पक्राउ

पोखरा : पोखरामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका ४ विद्यार्थी पक्राउ परेका छन् ।

समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियनका विद्यार्थी पोखरा सभागृह गेटबाहिर कालो झन्डा देखाउने तयारी गर्दै नाराबाजी गरिरहेका बेला पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थीका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटालगायत ४ जनारहेका छन् ।

नेकपा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीलगायत नेता पोखरा सभागृहमा पुगेका थिए ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्