Logo
१३ बैशाख २०८१, बिहीबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उत्तरकोरीयाले राख्याे विदेशी कूटनीतिज्ञसहित ३ सय ८० जना नागरिकलाई क्वारेण्टाइनमा

बर्तमान समयमा चीनबाट फैलिएको कोरोना भाइरस विश्वको चिन्ताको विषय बन्न पुगेको छ । सो कारण उत्तर कोरियाले पनि विदेशी कूटनीतिज्ञसहित अरु देशबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ ।

बर्तमान समयमा उतर कोरीया देशभित्र अहिलेसम्म कोरोनाको संक्रमण नदेखिएपनि छिमेकी देश दक्षिण कोरियामा कोरोनाको संक्रमण बढ्दै गएपछि उत्तर कोरियाले झण्डै ३ सय ८० जना विदेशी नागरिकलाई छुट्टै ठाउँमा क्वारेण्टाइनमा राखेर उच्च सर्तकता अपनाएको बीबीसीले जनाएको छ ।

क्वारेण्टाइनमा राखेको विदेशी नागरिक मध्ये धरैजसौ मानिस प्योङ्याङमा कार्यरत विदेशी कूटनीतिक नियोगका कर्मचारी रहेका छन् । झण्डै २ सय जना विदेशी नागरिकलाई एक महिना अघि देखि आफ्नो निवासमा सीमित पारिएको बीबीसीले जनाएको छ ।

त्यस्तै दक्षिण कोरियामा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । कोरोना भाइरसको संक्रमण ७ सय ६३ जनामा भएको पुष्टि बीबीसीले जनाएको छ ।
सङ्क्रमण बढ्ने क्रम नरोकिएपछि दक्षिण कोरियामा उच्चतम तहको सतर्कता घोषणा गरेर कोरोनाभाइरस प्रकोप नियन्त्रणको प्रयास हाल भैरहेको छ । सेनामा ११ जनालाई सङ्क्रमण भएको पाइएपछि ७ हजार ७ सय जना सैनिकलाई क्वारेन्टाइनमा राखेको छ ।

यसैबीच कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २४ सय ६६ पुगेको छ । कोरोनाको संक्रमण सुरु भएको चीनमा २४ सय ४५ र अरु देशमा २१ जनाको ज्यान गएको हो । कोरोना संक्रमितको संख्या झण्डै ८० हजार पुगेको छ ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्