Logo
८ बैशाख २०८१, शनिबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वकै सबैभन्दा जेष्ठ प्रधानमन्त्री महाथीर मोहम्मदद्वारा राजीनामा

बीबीसी : मलेसियाका प्रधानमन्त्री महाथिर मोहोम्मदले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार उनले स्थानीय समय १ बजे राजीनामा पत्र बुझाएका हुन् । मोहोम्मदको राजीनामा सम्बन्धी अन्य कुनै जानकारी सार्वजनिक गरिएको छैन ।

९४ वर्षीय महाथिर २०१८ मा प्रधानमन्त्री घोषित हुँदा विश्वकै सबैभन्दा जेष्ठ प्रमुखका रुपमा रहेका थिए । त्यतिबेला उनले अरबौँ डलर घोटाला गरेका नाजिब रजकलाई आश्चर्यजनक रुपमा हराएका थिए ।

महाथिर मलेसियाको राजनीतिक इतिहासका महत्त्वपूर्ण पात्र मानिन्छन् जो यसअघि पनि १९८१ देखि २००३ सम्म प्रधानमन्त्री रहिसकेका छन् ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्