Logo
१३ बैशाख २०८१, बिहीबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोरोना भाइरसको असर : नेपालमा चिनियाँ विकासका योजनाहरु प्रभावित

नेपालमा कोरोना भाइरसको कारण विकासका योजनाहरु प्रभावित हुन । पुगेका छन् बर्तमान समयमा विश्वको चासो बनेको कोरोना भाइरसको कारण विश्वको विभिन्न मुलुकहरु प्रभावित भइरहेको अवस्थामा नेपाल पनि अछुतो रहन सकेको छैन ।

सो चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणको कारणले नेपालमा पनि धेरै विकासको आयोजना प्रभावित हुन थालेका छन् ।जलविद्युत, विमानस्थल, खानेपानी सडक लगायतका आयोजना कोरोना भाइरसका कारण प्रभावित बन्न पुगेका छन् ।

चिनियाँ कामदार र उपकरण नभएपछि आयोजनाको काम पछाडि धकेलिदै गएका छन् । कोरोना भाइरसको कारण चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको नारायणगढ–बुटवल सडक बनाउने काम पनि प्रभावित भएको छ ।

१ सय १३ किलोमिटर लामो सडकलाई गैँडाकोट–दाउन्ने ६४ किलोमिटर पूर्वी खण्ड र दाउन्ने–वुटबल ४८ किलोमिटरलाई पश्चिम खण्डमा बर्गीकरण गरिएको छ ।

२०७५ सालको पुसमा ठेक्का सम्झाता भएको सडकमा अहिले सम्म धरै काम सकिनु प्रथ्यो तर १ बर्षसम्म विवादको कारण काम सुरु हुन सकेको थिएन सो कारण एक वर्ष पछाडि धकेलिन पुगको निमार्ण कार्य २०७६ सालको पुसदेखि सुचारु भएको थियो तर अहिले चीनमा फैलिएको कोरोना भाइरसपछि फेरि पून यो आयोजना प्रभावित हुन पुगेको छ ।

यो आयोजनाको ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इञ्जिनियरिङ कर्पोरेसनका २ इञ्चार्जसहित १५ जना मुख्य व्यक्ति चीनमै रोकिएका छन् । जसका कारण जति काम पूर्ण क्षमतामा काम हुन सकिराखेको छैन ।

आयोजनामा अहिले ३० किलोमिटर क्षेत्रमा रुख काट्ने काम सकिएको छ, २५ वटा कल्भर्ट र केही पुलको काम सुरु भएको छ । केही ठाउँमा माटो भर्ने काम चल्दैछ ।

‘दुबै खण्डका इञ्चार्ज चीनमै रोकिएका छन्, आयोजनाको मुख्य निर्णय गर्ने र पैसा परिचालन गर्ने व्यक्ति चीनमै रोकिँदा काममा असर परेको छ, काम पूर्ण क्षमतामा हुन सकेको छैन’ आयोजनाका पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले भनेका छन् ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्