Logo
१३ बैशाख २०८१, बिहीबार
(February 24, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गोरखाको बारपाकमा गर्यो आयोडिनयुक्त नुन सचेतना कार्यक्रम

गण्डकी प्रदेश स्थित गोरखाको बारपाकमा साल्ट ट्रेडिङ कर्पोरेशन पोखरा कार्यालयले जनचेतना अभियान २०२० को अवसरमा ‘आयोडिन महिना २०२०’ अन्तर्गत सचेतना कार्यक्रम गरेको छ ।

गर्भवती महिलाको शरीरमा आयोडिनको मात्रा कम भएमा गर्भ खेर जाने, मृत शिशु जन्मिने र बौद्धिक अपाङ्गता भएको बच्चा जन्मिनेलगायतका प्रचार सामग्रीसहित सचेतना कार्यक्रम सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सो अवसरमा हिमालय माध्यमिक विद्यालय बारपाकमा अध्ययनरत आधारभूत तहका विद्यार्थीलाई आयोडिनयुक्त नुन, टिसर्ट, सपिङ झोला, पर्चा पम्लेटसहितका सामग्री प्रदान गरिएको थियो ।

सामग्री वितरण गर्दै साल्ट टे«डिङ कर्पोरेशन पोखराका प्रमुख सुरेश राजभण्डारीले आयोडिनयुक्त नुन दैनिकरुपमा सेवन गर्नुपर्ने बताउँदै शरीरलाई स्वस्थ र तन्दुरुस्त राख्ने बताएका छन् ।

केन्द्रको कार्यक्रमअनुसार देशका सबै विकट गाउँमा यस प्रकारको कार्यक्रम आयोजना गरिएको जानकारी दिएका हुन् । कार्यक्रमअन्तर्गत विद्यार्थीले बारपाक वरपर सचेतनामूलक प्लेकार्ड सहित यसको उपयोगिताबारे जानकारी गराएका थिए ।

उक्त अवसरमा औद्योगिक क्षेत्र व्यवस्थापन समिति पोखरा प्रमुख भुषण उपाध्याय, विद्यालयका प्रधानाध्यापक जैनबहादुर घले, मिडिया नेपाल गण्डकी प्रदेश अध्यक्ष सूर्य बाँस्तोला लगायतले आयोडिनयुक्त नुनले स्वास्थ्यमा पु¥याउने फाइदामाथि चर्चा गरेका छन् ।

प्रकाशित मिति: Feb 24, 2020

प्रतिक्रिया दिनुहोस्