Logo
१३ बैशाख २०८१, बिहीबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनीरुपमा सञ्चालन

दुहबी नगरपालिकाले आइतबार गरेको बजार अनुगमनमा दुहबी बजारका अधिकांश पसल अव्यवस्थित र
गैरकानूनीरुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाको अनुगमन समितिका संयोजक एवं दुहबी नगरपालिकाका उपमेयर सुनिता दाहाल साहको नेतृत्वमा दुहबी बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा अखाद्य वस्तु,म्याद गुज्रेका सामान बिक्री गरेको, पसलको दर्ता नगरपालिकामा न भएको तथा दर्ता फेल भइ गैरकानूनीरुपमा सञ्चालन गरेको पाइएको हो ।

अनुगमनका क्रममा दुहबी ३ स्थित परशुराम होटेलको किचेन फोहर भेटिनुकासाथै स्वास्थ्यलाइ हानी गर्ने टेक्सटाइल कपडा उद्योगमा धुलाइ गर्न प्रयोग हुँने अखाद्य वस्तु खाद्य पर्दाथमा प्रयोग गरि रहेको पाइएको र म्याद नाघेको पेय पर्दाथ र म्याद न भएको खुल्ला समान बिक्री गरिरहेको पाइएकाले त्यस्ता सामान नष्ट गरि नियमानुसार सञ्चालन गर्न निर्देशन दिइएको थियो । परशुराम होटेलमा बाल मजदुर समेत प्रयोग गरेको पाइएपछि उपमेयर दाहालले गैरकानूनी काम नगर्न कडा निर्देशन दिनु भएको छ । अनुगमनका क्रममा दुहबी ३ मा रहेको दुहबी सोपीङ सेन्टरमा ७ वटा र दिपेश कोल्ड स्टोरमा ३४ वटा म्याद नाघेको पेय पर्दाथ फेन्टा भेटिएकाले त्यस्ता पेय पदार्थ नष्ट गरिएको थियो ।

म्याद गुज्रेका समान भेटिएकाले त्यस्तो सामान बिक्री वितरण नगर्न टोलीले निर्देशन दिएको छ । केहि रेडीमेड तथा फेन्सी पसलहरुमा खरिद मूल्यको सबै बिलहरु न भेटिएको र उपभोक्तालाइ बेचिएको बिक्री मूल्यको बिल समेत भेटिएको थिएन । बिक्री मूल्यको बिल न भेटिदा धेरे गुना मुनाफा लिएको हुँन सक्ने जानकारहरु बताउँछन । त्यस्तै,अनुगमनकै क्रममा दुहबी ५ स्थित दुहबी सोपीङ सेन्टरमा आफैले प्याकिङ गरेको सामानमा लेबल नभएको तथा म्याद नाघेको सामान भेटिएकाले त्यस्ता सामानको प्याकेजिङमा लेबल र मूल्यसूची राखेर व्यवस्थित गर्न अनुगमन समितिले निर्देशन दिएको छ ।

पसल दर्ता तथा रिन्यू गर्न, मूल्यसूची राख्न र अखाद्य सामान हटाउन सुझाव दिएको अनुगमन समितिका सदस्य दुहबी नगरपालिकाका प्रशासन अधिकृत डिक बहादुर कटुवालले बताउँनुभयो। बजार अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रतिनिधि सिजन जोशी, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रतिनिधि महेस पोखरेल,दुहबी नगरपालिकाका कर्मचारीहरु,उद्योग वाणिज्य संघ दुहबीका अध्यक्ष सुनिल साह, सञ्चारकर्मीहरु समेतले बजार अनुगमन गरेका थिए ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्