Logo
१३ बैशाख २०८१, बिहीबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

शुद्धोधन गाउँपालिका कपिलवस्तुका अध्यक्ष समाजवादी पार्टीमा प्रवेश

स्वतन्त्र चुनाव जितेका कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष निसार अहमद मुसालमान समाजवादी पार्टीमा प्रवेश गरेका छन । गाउँपालिका अध्यक्ष सगै वडा नं. ६ बाँसखोरका वडा अध्यक्ष बिजय बहादुर यादव पनि प्रवेश गरेका छन ।

स्वातन्त्र चुनाव जितेका अध्यक्ष र वडा अध्यक्ष समाजवादी पार्टीमा प्रवेश गरेका हनु । नेपाल जनता पार्टीका जिल्ला अध्यक्ष सुनिल पाण्डेय सचिव काशीनाथ मायादेवी गाउँकार्य पालिका सदस्य ईनरमति लोध पनि प्रवेश गरेका छन ।

उनीहरुलाई पार्टी अध्यक्ष यादवले टीका लगाएर स्वागत गरेका थिए । सोहि अवसरमा संघीय समाजबादी फोरमका अध्यक्ष तथा पुव उप प्रधानमन्त्री उपेन्द्र यादवले सरकारको काम कार्यवाही सबै भ्रष्टचारीले चलाएको आरोप लगाएका छन ।

सुखी र संबृद्ध नारा दिएको बर्तमान सरकार पुर्णरुपमा असफल भएको बताए दुई तिहाहीको कम्यूनिष्ठहरुको सरकार आए संगै भ्रष्टचार लुट बढदै गएको उनले आरोप लगाए ।

समाजवादी पार्टीको कपिलवस्तुले मायादेबी गाउपालिकाको पकढीमा राखेको आमा सभामा बोल्दै यादवले ेसरकाले दिएको सुखी र संबृद्ध नेपालको नारा भ्रष्ट्राचार कान्डले तुहीएको बताए ।

सरकारको यस्तै रवैया र यादवले विभेद जारी र देशमा क्रान्तिको सुरुवात हुने बताए । सरकारलाई जवाफ दिनाको लागि समाजवादी पार्टी अन्तरिक गृहकार्यमा जुटेको उनले बताए ।

उनले मधेसमा अझै नागरिकताको बिभेद रहेको बताए । पैसा र अनुहारको बलमा थुपै्रले नागरिकता पाए पनि अझै वास्तविक नागरिक अझै नागरिकताबिहीन भएक बताए ।

जालीझेली नागरिकता ऐनलाई सच्याउनुपर्छ ।’ नागरिकतामा लैगिक असमानता पनि रहेको उनको भनाइ थियो । महिला र पुरुषका निम्ति एउटै कानुन हुनुपर्ने यादवले बताए ।

नागरिकताका विषयमा संविधान त्रुटीपूर्ण भएको यादवको दाबी छ दलित जनजाती महिला पिछडीएको वर्ग हक अधिकार नदिएमा हामी सरकार संग लडना र अन्दोलन गर्न तयार छौ यादवले भने ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्