Logo
७ बैशाख २०८१, शुक्रबार
(February 23, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा महिला समुहले गरेको कार्यक्रम स्थललाइ क्लबले अबरुद्ध गर्न खोजेपछि तनाव, प्रहरीको कडा सुरक्षा बिच कार्यक्रम उद्घाटन

सुनसरीको दुहबी ७ स्थित भलुवाको श्रीगोल्डेन स्टार युथ क्लबले उदघोषण तथा पत्रकारिता तालिमलाइ अबरुद्ध गर्न खोजेपछि शनिवार क्लबको भवन अगाडी १ घण्टा तनावग्रस्त भएको थियो । प्रहरीको कडा सुरक्षा बिच कार्यक्रम स्थल परिवर्तन गरेर कार्यक्रम उद्घाटन भएको थियो ।

सेवा महिला कृषक समुहका अध्यक्ष चन्द्रकला विस्वासका अनुसार गोल्डेन स्टार क्लबका अध्यक्ष पशुपती
सरदारलाई कार्यक्रम हुनु पुर्वनै आधिकारिक पत्र दिएपनि फागुन १० गते शनिवार गोल्डेन स्टार कल्बको सभा हलमा कार्यक्रम हुनु भन्दा केहि छिन अगाडि सो सभाहलको गेटमा अचानक ताल्चा लगाए पछि १ घन्र्टा कार्यक्रम स्थल तनावग्रस्त भएको थियो । सो कार्यक्रमको प्रमुख अतिथि तथा दुहबी नगर पालिकाकी उप प्रमुख सुनिता दाहाल साह पुग्नु हुँदा अवस्था तनावग्रस्त देखिए पछि के भएको हो भन्दै क्लबका अध्यक्ष पशुपति सरदार लाई पटकपटक टेलिफोन सम्वाद गर्न खोज्दा पशुपती सरदारले फोन न उठाएपछि कार्यक्रम स्थल परिवर्तन गरिएको हो ।

सोही वडाका वडाअध्यक्ष तथा दुहबी नगर पालिकाका प्रवक्ता बिजय चौधरिलाई पनि आधिकारिक पत्र दिदा समेत राजनितिक प्रतिसोध साध्नका लागि प्रवक्ताले सो कार्यक्रम हुन नदिन चलखेल गरेको हुन सक्ने संस्थाकि अध्यक्ष चन्द्रकला बिश्वास बताउँछिन । विस्वास नेकपाकि नेतृ तथा दुहबी नगर पालिकाका उप मेयरमा समेत स्थानीय सभाको चुनावमा पराजित उमेदवार समेत हुन । आयोजक संस्थाकि अध्यक्ष विस्वासले सो क्लबको गेटको ताल्चा फोडेर कार्यक्रम संचालन गर्न आदेश गरेता पनि घटनाले उग्ररूप लिने भन्दै उपमेयर दाहालले कार्यक्रम स्थलनै परिवर्तन गर्न आग्रह गरेपछि कार्यक्रम स्थल परिवर्तन गरि सुनसरी–मोरङ सिंचाइ योजना रामगंज शाखाको सभाहलमा कार्यक्रम समुदघाटन गरिएको थियो ।

संस्थाकी अध्यक्ष बिश्वास गोल्डेन स्टार क्लबको बर्तमान सद्स्य समेत हुन । समाज सेवि तथा गोल्डेन स्टार क्लबका संस्थापक आजिवन सद्स्य दिनेस विश्वासका अनुसार क्लब कसैको व्यक्तिगत सम्पती न भइ साझा सम्पती भएकोले जनताको सूचनाको हक प्रदान गर्ने पत्रकारिता तालिम र खुलेर बोल्न सक्ने उदघोषण तालिमलाइ बाधा अडचन गर्ने जोसुकैलाइपनि कानूनी कारवाहीको दायरामा ल्याउँनुपर्नेमा बताएका छन । सेवा महिला कृषक समुहको आयोजना तथा कोचिला खबरको सहयोगमा निशुल्क ४ दिने उदघोषण तथा पत्रकारिता तालिमका प्रमुख अतिथि रहँनु भएकी उपप्रमुख सुनिता दाहाल साहले शुभकामना मन्तव्य दिनुहुँदै राष्ट्रको चौथो अंगको रुपमा हेरिने पत्रकारिता जस्तो संवेदनशिल विषयलाइ रोकटोक गरेर गोल्डेन स्टार क्लबको अध्यक्ष पशुपती सरदारले घृणित कार्य गरेको संज्ञा दिंदै कानूनी दायरामा ल्याइ न्यायपालिकामा उभ्याएर दण्डित गर्ने बताउँनुभयो । उपमेयर सुनिता दाहाल साहले महिला समुहले आयोजना गरेको कार्यक्रमलाइ क्लबले अवहेलना गरेको भन्दै आक्रोस ब्यक्त गर्नुभयो ।

समुदघाटन कार्यक्रमका बिशिष्ट अतिथि सुनसरी–मोरङ सिंचाइ योजना रामगंज शाखाका अध्यक्ष टेकचन्द बिश्वासले शुभकामना मन्तव्य दिनुहुँदै भलुवा गाउँका जनताकालागि यो तालिम अत्यन्तै लाभदायक भएकोले सबैले साथ दिनुपर्ने बताउँनुभयो । साथै वहाँले आफुले गोल्डेन स्टार क्लबलाइ जग्गा दान गरेको बताउँनुहुँदै आफुले पटक–पटक फोन सम्पर्क गर्दा समेत क्लबका अध्यक्षले अटेर गरेकोले आफु दुखी भएको जनाउँनुभयो । कार्यक्रमका सभापति तथा सेवा महिला कृषक समुह दुहबी ७ भलुवाकी अध्यक्ष चन्द्रकला विस्वासका अनुसार आफु महिला भएरनै धेर्यता गरेको बताउँनुहुँदै यस क्षेत्रका ३० जना यूवा तथा महिलाहरुलाइ ससक्त बनाउँनकालागि तालिमको आयोजना गरेको जनाउँनुभयो ।

प्रकाशित मिति: Feb 23, 2020

प्रतिक्रिया दिनुहोस्