Logo
१३ बैशाख २०८१, बिहीबार
(February 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशिवरात्री महोत्सव : भुटाहादेखी हरिनगरासम्म तिर्थयात्रुको घुइँचो (हेर्नुस् तस्बिरहरु)

महाशिवरात्रीको अवसरमा शुक्रवार प्रदेश १ स्थित सुनसरीको दक्षिणभेग रामनगर भुटाहादेखि हरिनगरासम्म तिर्थालुको घुइँचो देखिएको छ ।

रामनगर भुटाहा स्थित रहेको मिथिलेश्वरधाम अर्थात मिथिलेश्वर शिवमन्दिरद्वारा आयोजित महाशिवरात्री महोत्सवमा उक्त घुइँचो देखिएको हो ।
महाशिवरात्रीको अवसरमा कलशयात्रा पनि निकालिएको थियो । भब्य सजावटका साथ निकालिएको उक्त कलशयात्रालाई हरिनगरा स्थित बसुकीनाथ मन्दिर पुर्‍याईएको थियो ।

युवा शिवशक्ती समितीका संयोजक अभिषेक कुमार साहका अनुसार उक्त कलशयात्रामा बसमतिया, गौतमपुर, जल्पापुर, शिशुवासम्मका तिर्थालुको सहभागीता रहेको थियोे ।

यता शुक्रबार काठमाडौ स्थित पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा महादेवको पूजा आराधना गर्ने भक्तजनको बिहानैदेखि भीड देखिएको थियोे ।

लाखौँ भक्तजन पवित्र तीर्थस्थल पशुपति क्षेत्रमा लाम लागेर दर्शन गरेका छन् ।

प्रकाशित मिति: Feb 22, 2020

प्रतिक्रिया दिनुहोस्