Logo
८ बैशाख २०८१, शनिबार
(February 22, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाली बजारमा देखा पर्यो कोरोना भाइरसको प्रत्यक्ष असर

नेपाली व्यवसायीले चीनबाट धेरै वस्तु आयात गर्दै आएका छन् । पछिल्लो समय चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको प्रभाव नेपाली बजारमा सुनदेखि लसुनसम्ममा परेको छ ।

चीनमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि सरकारले गत १५ माघमा चीनबाट प्रवेश हुने नाका बन्द गरेको थियो । सो नाका बन्द भएपछि त्यसको प्रत्यक्ष असर लसुनमा देखिएको थियो । अहिले त्यसको असर क्रमशः अन्य वस्तुमा पनि देखिएन थालेको छ ।

औषधि उत्पादन हुने कच्चा पदार्थ, लुसन, स्याउ, सुनलगायत अन्य वस्तुमा समेत यसको प्रभाव परेको छ । कोरोना भाइरसको प्रभावले नेपाली बजारमा गत २२ पुसमा प्रतिकिलो २ सय ८५ रुपैयाँमा बिक्री भइरहेको लसुनको मूल्य बढेर ६ सय ३५ रुपैयाँ पुगेको छ । पछिल्लो दुई महिनामा मूल्य ३ सय ५० रुपैयाँले वृद्धि भएको छ ।

राजधानी दैनिकबाट साभार ।

प्रकाशित मिति: Feb 22, 2020

प्रतिक्रिया दिनुहोस्