Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमृत्तसारमा राजाकै हैसियतमा पूर्वराजा दम्पत्तिको अभिनन्दन, तर भाजपाका नेताहरु भेट्न मानेनन्

अर्कै उदेश्य लिएर दुई साताको धार्मिक भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्ति भारतको अमृत्तसारस्थित ‘स्वर्ण मन्दिर’ मा पुगेर दर्शन गरेका छन् ।

राजाकै हैसियतमा पूर्वराजा शाह दम्पत्तिलाई त्यहाँ अभिनन्दन गरिएको हो । पूर्व राजदम्पतीलाई बिहीबार स्वर्ण मन्दिरमा गुरुद्वारा प्रवन्धक समितिका सचिव डा. रुपसिंह सिंहले अभिनन्दन गरेको तस्विर बाहिरिएको थियो ।

सो अवसरमा पूर्वराजालाई मन्दिर व्यवस्थापनका बारेमा जानकारी दिइएको उनको निजी सचिवालयले जनाएको छ ।

पूर्वराजा आफ्नी बहिनी शोभा शाह र ज्वाइँ कुमार मोहन बहादुर शाहीसहित भारत भ्रमणमा छन्। शाह दम्पत्ति अमृतसरबाट भोलि (शनिबार) दिल्ली फर्कने छन् ।

भारतमा सत्तासिन भाजपाका नेताहरुसँग भेटघाट गर्ने योजनामा पुर्वराजपरिवार भारत पुगेता पनि भाजपाका कोहि पनि नेतृत्व तहका नेताले उनलाई भेट्न मानेका छैनन् ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्