Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यथास्थितीमै संसदबाट MCC अनुमोदन गराउने पक्षमा प्रधानमन्त्री ओली

मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसिसीका विषयमा अध्ययन गर्न बनेको कार्यदलले अध्ययन तथा सुझाव प्रतिवेदन नेकपा नेतृत्वलाई बुझाएको छ । पार्टीभित्रै एमसीसीका बारेमा चर्को विरोध भएपछि नेकपा केन्द्रीय समिति बैठकले अध्ययन कार्यदल गठन गर्ने निर्णय गरेको थियो ।

कार्यदलले संशोधनको सुझाबसहितको प्रतिवेदन बुझाए पनि प्रधानमन्त्री ओली यथास्थितीमै संसदबाट अनुमोदन गराउने पक्षमा छन् ।

१९ दिन लगाएर तयार पारिएको प्रतिवेदन आज अध्यक्षद्धय पुष्पकमल दाहाल र केपी ओलीलाई बुझाइएको हो । कार्यदलको बैठकले सुझावसहित तयार पारेको प्रतिवेदन शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्षद्वयलाई बुझाइएको हो ।

सिंहदरबारमा शुक्रबार बसेको कार्यदल बैठकले अनुदान सहायताका बारेमा सरकार र एमसिसीबीच भएको सम्झौता र हिन्दप्रशान्त रणनीति सम्बन्धमा गहन अध्ययन गरेर प्रतिवेदन तयार गरेको जानकारी दिएको थियो ।

सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसिसीका विषयमा अध्ययन प्रतिबेदन तयार गरेको हो । कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र झलनाथ खनाल सदस्य छन् ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्