Logo
७ बैशाख २०८१, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशिवरात्रिको दिन किन मनाईन्छ सेना दिवस ?

नेपाली सेनाले शुक्रबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रम गरी नेपाली सेना दिवस मनाएको छ ।

नेपाली सेनाले २०४७ सालदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आईरहेको छ ।

आजको सेना दिवसको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित सैनिक स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरेकी थिइन् ।

हेर्नुहोस् तस्विर :

महाशिवरात्रिको दिन किन मनाईन्छ सेना दिवस ?

शास्त्रीय मान्यताअनुसार शिवलाई शान्ति र सुरक्षाको प्रतीकका रूपमा लिइन्छ । भगवान् शिवका प्रतीकहरू अङ्कित लोगोले साङ्केतिक रूपमा सेनाको शक्तिलाई जनाउँछ । यसबाट नेपाली सेना देशका सबै प्रकारका राष्ट्रिय सङ्कटहरू निराकरण हुने विश्वास गरिँदै आएको छ ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्