Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेक्युरिटी प्रिन्टिङ खरिद प्रकरण : दोषी ठहर भए बाँस्कोटालाई ८ वर्ष जेल र २५ करोड जरिवाना

काठमाडौं : निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेसको खरिदमा ७४ करोड कमिसन मागेको अडियो क्लिप सार्वजनिक भएपछि बिहीबार नै राजीनामा बुझाएका छन् ।

राजीनामा दिएसँगै उनीमाथि भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए ८ वर्षसम्म कैद र २५ करोड ४५ लाख रूपैयाँसम्म जरिवाना हुनसक्नेछ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २१ अनुसार भ्रष्टाचारको सजाय हुने कसुर गर्ने उद्योग गर्नेलाई आधा सजाय हुने व्यवस्था अन्तर्गत उनलाई सो सजाय हुनेछ ।

अडियोमा प्राप्त ७४ करोडको ७० प्रतिशत अर्थात् ५१ करोड ९० लाख उनले कमिसन पाउने भएपछि त्यसको आधा अर्थात् २५ करोड ४५ लाख रुपैयाँ जरिवाना हुनसक्छ । भ्रष्टाचार निवारण ऐनको परिच्छेद २ को दफा ३ अनुसार रू १ करोड भन्दा बढी भ्रष्टाचारको कसुर ठहर भए बिगोबमोजिम जरिवाना र ८ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ ।

ऐनको दफा २१ अनुसारको व्यवस्था बाँस्कोटाको हकमा आकर्षित हुनेछ । त्यो भनेको कुल सजायको आधा हो । तर, ऐनको दफा २४ मा भएको थप सजायसम्बन्धी व्यवस्थाका कारण बाँस्कोटाले भ्रष्टाचारको कसुरका लागि उद्योग गरेको ठहर भए थप ३ वर्ष कैद सजाय हुने व्यवस्था छ ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्