Logo
१५ चैत्र २०८०, बिहीबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कम्युनिष्टहरुले आफैलाई सिध्याउने खतरा बढ्यो : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि बिभिन्न खालका विकृती, विसंगति क्रियाकलापमा लिप्त भएको दाबी गरेका छन् ।

शुक्रबार भक्तपुरमा कम्युनिस्ट पार्टीका संस्थापक नेता नारायणविलास जोशी समृति प्रतिष्ठानको भवन शिलान्यास गर्दै प्रचण्डले कम्युनिस्टहरु सत्तामा पुगेपछि पद, प्रतिष्ठा लोभ लालचा, बिभिन्न खालका विकृती, विसंगति, भ्रष्टाचारलगायतका क्रियाकलापमा लिप्त हुने गरेको बताए ।

उनले कम्युनिष्टहरुले आफैलाई सिध्याउने विश्वको इतिहास नेपालमा पनि दोहोरिने खतरा देखिएको समेत बताए । ‘अहिले भइसक्यो भनेको होइन। मेरो भनाइलाई बढी नबुझियोस्। तर संकेत त त्यति राम्रो देखिएन नि आजभोलि’, उनले भने, ’यसो घटना हेर्याे, मान्छेहरु कम्युनिष्टहरु त बिग्रिने बिग्रिनेतिर गए जस्तो छ भनिरहेका छन्।’

निवर्तमान संचारमन्त्री गोकुल बास्कोटाको कमिसन काण्डप्रति संकेत गर्दै प्रचण्डले कम्युनिष्टलाई सत्तामा पुगेपछि ढाल्न कुनै ठूलो शक्ति आवश्यक नहुने तर्क गरे।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्