Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कोहलपुरमा १२ किलो चरेशसहित एक युवक रंगेहात पक्राउ

प्रदेश नं ५ स्थित बाँकेको प्रहरीले कोहलपुर नगरपालिका-१२ भरैयाबाट १२ किलो अबैध लागुऔषध चरेश सहित बिहीबार एक युवालाई पक्राउ गरीएको कोहलपुरका इलाका प्रहरी कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिएका छन् ।

ब्यूरोका प्रहरी निरीक्षक प्रमोद क्षेत्रीको नेतृत्वमा खटिएको टोलीले जाजरकोट घर भई कोहलपुर बस्दै आएका ३२ बर्षीय आकाश आरसीले लामोसमयदेखि चरेशको कारोवार गर्दै आएका थिए , उनलाई ग्राहक बनेर चरेशसहित पक्राउ गर्न प्रहरी सफल भएको थियो ।इलाका प्रहरी कार्यालय कोहलपुर र प्रदेश नं ५ अपराध अनुसन्धान ब्यूरोको टोलीले चरेश कारोबारलाई ‘ट्रयाप’मा पारेको छ ।

‘लागुऔषध कारोबारी खोजीका क्रममा सूचना संकलन गरिरहेका बेला आरसीले चरेश कारोबार गरिरहेको पत्ता लागेको थियो’, प्रहरी अधिकारीले भने, ‘उनलाई रंगेहात पक्राउ गर्न हामी योजनाबद्ध अघि बढेका थियौं ।’

पक्राउ परेका अभियुक्त र चरेस आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको छ । ‘आरसीलाई नियन्त्रणमा राखेर चरेश कारोबारीको च्यानलबारे अनुसन्धान गरिरहेका छौं’, इलाका प्रहरी कार्यलय कोहलपुरका प्रमुख चन्दले भनेका छन् ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्