Logo
८ बैशाख २०८१, शनिबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आकासियो सुनको भाउ : प्रतितोला ७८ हजार एक सय

काठमाडौं : आज शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ तोलाको ७८ हजार नाघेको छ।

निरन्तर महंगिएको सुनको भाउ आज तोलाको ७८ हजार १ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो। यसअघि हिजो छापावाल सुन ७७ हजार ६ सय रुपैयाँ तोलामा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार ७६ हजार ५ सय रुपैयाँ रहेको सुन आज अन्तिम दिनसम्म आइपुग्दा १६ सय रुपैयाँ बढेको हो। आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज पनि चाँदी तोलाको ९ सय सय १५ रुपैयाँ तोलामा कारोबार भइरहेको छ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्