Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पशुपति क्षेत्रबाट ४५ जना पक्राउ, सुरक्षा व्यवस्था चुस्त बनाउँदै प्रहरी

काठमाडौँ : पशुपति क्षेत्रबाट प्रहरीले ४५ जनालाई पक्राउ गरेको छ। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता होबिन्द्र बोगटीले गाँजा खाने, हुलदंगा गर्ने र पाकेट मार्न खोज्नेलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

प्रवक्ता बोगटीले पक्राउ गरिएका मध्ये २० जनाभन्दा बढीलाई गाँजा सेवनको आरोपमा नियन्त्रणमा लिइएको जानकारी दिए।

शिवरात्रिको अवसरमा आज पशुपति क्षेत्रमा दर्शनार्थीको बाक्लो उपस्थिति रहेको छ। शिवरात्रिमा पशुपति क्षेत्रमा दर्शन गर्नबाहेक गाँजा खान जानेको पनि बाक्लो उपस्थिति रहने गरेको छ।

भारतबाट आउने बाबाहरु खुलेयाम गाँजा विक्री गरिरहेको भेटिन्छन् । बाबाहरुलाई भने गाँजा सेवन गर्न कुनै प्रतिबन्ध गरिएको छैन तर अन्यको हकमा सेवन तथा विक्री वितरणमा रोक लगाइएको छ।

प्रकाशित मिति: Feb 21, 2020

प्रतिक्रिया दिनुहोस्