Logo
८ बैशाख २०८१, शनिबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्त्रीको राजीनामा लगतै सञ्चार मन्त्रालयमा अख्तियारको छापा, बाँस्कोटाको सबै कागजपत्र जफत

सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाको राजीनामा लगत्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको निजी सचिवालयमा आज छापा मारेको छ ।

आज साँझ मन्त्रालय पुगेका सादा पोशाकका प्रहरीले निजी सचिवालयको कागजात जफत गरी मन्त्रीले प्रयोग गर्ने दराजमा रहेका कागजात सिलबन्दी गरेका हुन् ।

सचिवालयमा छापा मारेर बास्कोटाका कागजपत्र सिलबन्दी गरिएका छ । बुधबार बेलुका मात्रै बार्गेनिङ्ग गरेको अडियो सार्वजनिक भएपछि बिहीबार बास्कोटाले मन्त्रीपदबाट राजीनामा दिएका थिए ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्