Logo
८ बैशाख २०८१, शनिबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

स्वास्थ्यमन्त्रीद्वारा मन्त्रालयमा ब्यपक हेरफेर : कसले पाए कुन जिम्मवारी ? (सुचीसहित)

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्तले पदवहाली गरेको झण्डै तीन महिना पछि ठूलो संख्यामा कर्मचारीको जिम्मेवारी हेरफेर गरेका छन्।

उनले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालय अन्तर्गतका महाशाखा, स्वास्थ्य सेवा विभाग र संघ अन्तर्गतका अस्पताललगायतका प्रमुखको जिम्मेवारी हेरफेर गरेका हुन्। स्वास्थ्यमा नयाँ मन्त्रीले जिम्मेवारी लिएपछि जिम्मेवारी हेरफेर गर्ने र आफु अनुकूल कर्मचारीलाई जिम्मेवारी दिने ‘दीर्घ रोग’ जस्तै प्रवृत्ति हो।

उनले यसबीचमा, विभिन्न काउन्सिल, प्रतिष्ठान, अस्पतालमा रिक्त रहेका पदमा पदपूर्ति गरेका थिए। मन्त्रालय जिम्मेवारी लिएपछि र त्यसपछि सहभागि भएका कार्यक्रममा उनले स्वास्थ्य मन्त्रालयलाई बेथितिको ‘माछा बजार’को उपमा दिएका थिए।

मन्त्रालयको विकृत्ति, बाहिर सुनेका गलत कुराहरु बुझेर मात्रै जिम्मेवारी परिवर्तन गर्ने कुरा पटकपटक भनिरहेका थिए।

कसको जिम्मेवारी कहाँ?
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी महेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ। विभागको महानिर्देशक रहेका डा रोशन पोखरेललाई मन्त्रालय तानिएको छ। मन्त्रालयमा श्रेष्ठले सम्हाल्दै आएको समन्वय महाशाखामा नीति योजना तथा अनुगमन महाशाखाका डा विकास देवकोटा ल्याइएको छ।

नीति योजनामा डा गुणराज लोहनीलाई ल्याइएको छ। श्रेष्ठ र पोखरेल दुवै जना १२औँ तहको बढुवको सिफारिस सूचीमा रहेका छन्। मन्त्रालयको जनसंख्या महाशाखाको प्रमुखको रुपमा इन्द्रमणि पोखरेललाई दिइएको छ।

मन्त्री ढकालले मन्त्रीस्तरीय निर्णय गर्दै बिहिबार कान्ति बाल अस्पतालको निर्देशकमा डा कृष्ण पौडेल, भेरी प्रादेशिक अस्पतालमा डा प्रकाश थापा, कोशी प्रादेशिक अस्पतालमा डा चुमनलाल दास, राष्ट्रिय ट्रमा सेन्टरको प्रमुखमा डा सन्तोष पौडेल र वीर अस्पतालको डेप्युटी निर्देशकमा डा रविन खड्कालाई जिम्मेवारी दिएका छन्।

त्यसैगरि, स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रमुखमा डा वासुदेब पाण्डे आएका छन् ।

उनले जिम्मेवारी लिइरहेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डा सागर राजभण्डारीलाई ल्याइएको छ। राजभण्डारी क्षयरोग केन्द्रको निर्देशक थिए। अहिले उनको स्थानमा इपिडिमियोलोजी महाशाखाको प्रमुख रहेका डा विवेक लाललाई लगिएको छ।

सार्क क्षयरोग केन्द्रको प्रमुखको जिम्मेवारी डा अनुज भट्टचनलाई दिइएको छ। उनी यसअघि यौनरोग नियन्त्रण केन्द्रमा निर्देशकको जिम्मेवारीमा थिए। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी डा रमेश खरेलले पाएका छन्। डा खरेल यस अघि सार्क क्षयरोग केन्द्रका निर्देशक थिए।

राष्ट्रिय तालिम केन्द्रको निर्देशकको जिम्मेवारी डा यदुचन्द्र घिमिरेलाई दिइएको छ। तालिम केन्द्रमा निर्देशक रहेका मोहम्मद दाउदलाई कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा सरुवा गरिएको छ।

स्वास्थ्यमन्त्री ढकालले व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखाको जिम्मेवारी चुडामणी भण्डारीलाई दिएका छन्। केन्द्रको जिम्वेवारी घिमिरेले हेर्दै आएका थिए।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्