Logo
६ बैशाख २०८१, बिहीबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमसीसी अध्ययन कार्यदलद्धारा शुक्रबार अन्तिम प्रतिवेदन बुझाउँदै

सत्तारुढ दल नेकपाको केन्द्रीय समिति बैठकले एमसीसीको बिषयमा अध्ययन गर्नको लागि गठन गरेको कार्यदले शुक्रबार अन्तिम प्रतिवेदन बुझाउने भएको छ ।

एमसीसीका विषयमा सत्तारुढ दलभित्र चर्को विरोध भएपछि केन्द्रीर्य समिति बैठकले अध्ययन अध्ययनगठन गर्ने निर्णय गरेको थियो ।

कार्यदलमा रावलसँगै परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र झलनाथ खनाल सदस्य रहेका छन् । सोही निर्णयअनुसार गठन भएको कार्यदलले एमसीसीका विषयमा अध्ययन गरिहको छ ।

उक्तकार्यदलका सदस्य रहेका भीम रावलले अध्ययन अन्तिम चरणमा पुगेको र प्रतिवेदन बुझाउने विषयमा शुक्रबार टुंगो लाग्ने बताएका छन् ।

बिहीबारको बैठकमा प्रतिवेदन अगाडि बढाउने विषयमा छलफल भएको बताउँदै रावलले भने, ‘आजको बैठकबाट अन्तिम रुप दिने निर्णय भएको छ । अन्तिम रुप दिएर बुझाउने प्रकृयामा हामी छौं । भोलिसम्म प्रकृया पूरा गर्छ होला ।’

यसअघि हिजो परराष्ट्रमन्त्री ज्ञवालीले कार्यदलले सुझाव सहितको प्रतिवेदन पेश गर्ने तर संसदबाट पारित गर्ने नगर्ने भन्ने विषयमा कुनै निर्णय नगर्ने बताएको थियो ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्