Logo
६ बैशाख २०८१, बिहीबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मेरो बारेमा प्रश्न उठेकाले नैतिकताका आधारमा राजीनामा दिएँ : बास्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका गोकुल बास्कोटाले नैताकिताका आधारमा राजीनामा दिएको बताएका छन् ।

उनी शहरी विकासमन्त्रीको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा दिएका थिए ।

लगतै ट्वीट गर्दै उनले भनेका छन्, ‘मेरो बारेमा प्रश्न उठेकाले सम्मानीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराउँदछु ।’

 

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्