Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भ्रष्टाचार र सुशासनको मामलामा मैले नजिक-टाढाका भनेर छाड्दिनँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारको अन्त्य र सुशासनका लागि आफूले नजिक र टाढाका मानिस भनेर विभेद गर्न नमिल्ने बताएका छन्।

‘सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’ बालुवाटारमा आयोजित पुस्तक लोकार्पण कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भने।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ को बिहीबार लोकापर्ण गर्दै प्रधानमन्त्री ओलीले सुशासन र प्रणालीका लागि लड्दा कतिले आफ्नो पद धरापमा पर्न सक्ने चेतावनी दिएको बताए।

सरकारका प्रवक्ता रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्वीस कम्पनी एजेन्टसँग कमिसन मागेको भन्दै अडिओ टेप सार्वजनिक भएको केही घन्टापछि प्रधानमन्त्रीको यस्तो प्रतिक्रिया आएको हो।

मन्त्री बाँस्कोटासँग प्रधानमन्त्री ओलीको निकट सम्बन्ध छ। केही दिनअघिमात्र उनले प्रतिभावान् भन्दै बाँस्कोटाको तारिफ गरेका थिए।
मन्त्री बाँस्कोटाले उक्त कम्पनीसँग कमिसन मागेको अडिओ सार्वजनिक भएपछि उनले राजीनामा दिएका छन् ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्