Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तीर्थयात्री बोकेको बस भारतमा दुर्घटना :  ६ को मृत्यु, १८ घाइते

भारतको सलेम बेंगलारु नेशनल हाइवेमा बिहीबार बिहान बस दुर्घटना हुँदा तीर्थयात्राका लागि भारतमा गएका ६ नेपालीको ज्यान गएको छ । सो दुर्घटनामा १८ जना घाइते भएका छन् ।

नेपाली तीर्थयात्री चढेको मिनीबसले यू–टर्न लिन खोज्दा राजमार्गमा अर्को बससँग ठोक्किएको थियो । भारतीय सञ्चार माध्यम द हिन्दूले जानकारी दिएको छ ।

मृत्युहुने ६ जनामध्ये ४ जनाको नाम खुलेको छ भने अझै २ जनाको नाम खुल्नसकेको छैन् । घाइते भएका १८ जनाको स्थानीय अस्पताल मोहन कुमार मंगलम मेडिकल कलेजमा उपचार भइरहेको जानकारी दिएको छ ।

सुनसरी जिल्लाबाट गएको माघ २३ गते ३४ जनाको टोलीसहित उक्त बस तीर्थयात्राको लागि गएको थियो । उनीहरु २५ दिने यात्राको लागि भारत गएको सुनसरीका अमरनाथ चौधरीले बताएका छन् ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्