Logo
११ बैशाख २०८१, मंगलबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बास्कोटाविरुद्ध प्रधानमन्त्री निवासमै साझा पार्टीले गरे प्रदर्शन

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले घुस मागेको अडियो सार्वजनिक भएपछि साझा पार्टीका कार्यकर्ताले प्रधानमन्त्रीको सरकारी निवास अगाडी प्रदर्शन गरेको छ ।

सञ्चारमन्त्रीको विरोधमा साझा पार्टीका कार्यकर्ताहरुले प्लेकार्ड प्रदर्शन गरेका हुन् । उनीहरुले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरे ।

सेक्युरिटी प्रिन्टर खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग कमिशन मागेको अडियो सार्वजनिक भएसँगै सञ्चारमन्त्री बाँसकोटाले राजीनामा समेत दिसकेका छन् ।

सञ्चारमन्त्री बाँसकोटाले पदबाट राजीनामा दिएको जानकारी प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले दिएका हुन्।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्