Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अन्ततः शहरीमन्त्रीको समेत जिम्मेवारी सम्हालेका सञ्‍चारमन्त्री बाँस्को‍टाले दिए राजीनामा 

काठमाडौं : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँसकोटाले पदबाट राजीनामा दिएका छन्। उनी शहरी विकासमन्त्रीको रुपमा समेत जिम्मेवारी सम्हालेका थिए ।

सेक्युरिटी प्रिन्टर खरिदमा स्वीस कम्पनीका एजेन्ट विजय प्रकाश मिश्रसँग कमिशन मागेको अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्री बाँसकोटाको राजीनामा आएको हो।

सञ्चारमन्त्री बाँसकोटाले पदबाट राजीनामा दिएको जानकारी प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख अग्नि सापकोटाले दिएका हुन्।

सञ्‍चारमन्त्रीले पदबाट राजीनामा दिएको अनौपचारिक जानकारी आएको छ, सापकोटाले बिहीबारको प्रतिनिधिसभा बैठकमा भने, औपचारिक पत्र पनि आउला।

मिश्रले स्वीस कम्पनीका नेपाली एजेन्टकारुपमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँसकोटासँग करोडौं कमिशनको डिल गरेको अडियो सार्वजनिक गरेका थिए।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्