Logo
१६ चैत्र २०८०, शुक्रबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रधानमन्त्री नै मुख्य दोषी : नेपाली कांग्रेस

काठमाडौं : क्युरेटी प्रिन्टिङ प्रेस खरिदको विषयमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछि नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेको छ ।

आज बिहिबार पत्रकार सम्मेलन गरी कांग्रेसले सञ्चारमन्त्रीबाट बखास्त गर्दै निष्पक्ष छानविन गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको हो। सम्मेलनमा कांग्रेसले सञ्चारमन्त्रीसँगै अरू को-को यसमा संलग्न छन् भन्दै प्रश्न समेत गरे ।

‘प्रधानमन्त्रीय प्रणालीमा भएका सबै कुरा अन्तिममा पुग्ने प्रधानमन्त्रीको टेबलमै हो। यसमा अन्य ककसको संलग्नता थियो त्यसबारे छानविन हुन जरुरी छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘नेपथ्यमा को-को संलग्न थिए। यसबारे निष्पक्ष छानविन गरिनुपर्छ।’ प्रवत्ता शर्माले यस प्रक्रियामा बाँस्कोटा एक्लै संलग्न भएको या संस्थागत संलग्न भएको स्पष्ट पार्न पनि माग गरेको छ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्