Logo
१३ बैशाख २०८१, बिहीबार
(February 20, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कन्चनपुर पुगेका मन्त्री बास्कोटा आजै काठमाडौँ फर्कने

काठमाडौं : सेक्युरिटी प्रिन्टटर खरिदको विषयमा कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बोलाएका छन्।

कन्चनपुर पुगेका मन्त्री बास्कोटा आजै काठमाडौँ फर्कने बताइएको छ। काठमाडौँ फर्किएलगत्तै उनले प्रधानमन्त्रीलाई भेट्नेछन्। अडियो प्रकरणबारे बिहीबार बिहान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेपछि प्रधानमन्त्री ओलीले बाँस्कोटालाई झिकाएका हुन्।

बाँस्कोटाले स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश मिश्रसँगको कमिसन माग्दै गरेको अडियो सार्वजनिक भएपछि नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री समेत रहेका ओलीले पनि आजै छलफल गरेका थिए।

दुई अध्यक्षको छलफल पछि प्रधानमन्त्री ओलीले बाँस्कोटालाई अडियो प्रकरणबारे जानकारी लिन बोलाएका हुन् ।

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्