Logo
१५ चैत्र २०८०, बिहीबार
(February 21, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहेन इनरुवाका पारस यादव, झुण्डिएको अवस्थामा शव फेला

प्रदेश १ स्थित सुनसरी सदरमुकाम इनरुवाका पारस यादव अब रहेनन् ।

बिहिबार बिहान ५ बजे झुण्डिएको अवसथामा उनको शव फेला परेको हो ।

सुरुमा यमहाको मोटरसाइकलको सोरुम र हाल टिभिएस मोटरसाइकलको सोरुमका संचालक समेत रहेका यादवले आत्महत्या गरेको प्रहरीले बताएका छन् ।

सोरुमको सिसि टिभि फुटेजमा उनले अत्महत्या नै गरेको देखिएको सुनसरी प्रहरीका प्रमुख यज्ञविनोद पोखरेलले बताए ।

सोरुमकै अगाडी सटर लगाएर एउटा रडमा पासो लगाई आत्महत्या गरेको देखिएको छ ।

एउटा झोला समेत पुठयुमा देखिन्छ । उक्त झोलामा के छ वा अन्य कारण के हुन सक्नेबारे प्रहरीले थप केहि खुलाएको छैन ।

निकै मोटो रकमको ऋणमा डुबेकाले  तनावकै कारण उनले आत्महत्या गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।

सम्झनामा पारस यादवका यी तस्विरहरु : 

 

प्रकाशित मिति: Feb 20, 2020

प्रतिक्रिया दिनुहोस्