Logo
१५ चैत्र २०८०, बिहीबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहसचिव टेकनारायण पाण्डे सचिव बन्दै, तीन जनाको नाम सिफारिस

सहसचिव टेकनारायण पाण्डे सचिव बन्ने भएका छन् । सचिव बढुवा सिफारिस समितिको मंगबार बसेको बैठकले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ट सहसचिवको सिफारिस गरेको छ ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिव पदका लागि वरिष्ट सहसचिवहरु टेकनारायण पाण्डे, एकनारायण अर्याल र रामशरण पुडासैनीलाई सिफारिस गरेको हो ।

सिफारिस भएका मध्ये पाण्डे प्रदेश नं ५ को मुख्यमन्त्रीको कार्यालयमा कार्यरत छन् भने , अर्याल कलकत्तास्थित नेपाली महावाणिज्यदुतको रुपमा कार्यरत छन् । यस्तै पुडासैनी अर्थ मन्त्रलायमा कार्यरत छन् ।

हाल नेपाल प्रशासन सेवामा तीन सचिव पद रिक्त रहेपनि एक सचिवका लागि मात्रै सिफारिस गरिएको छ । बाकी २ का लागि पनि छिटै सचिव वढुवाका लागि सिफारिस गरिने समितिले जनाएको छ ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले हाल सिफारिस गरिएका तीन मध्ये पहिलो नम्वरमा रहेका टेकनारायण पाण्डेलाई सचिवमा बढुवा गर्नेछ । ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्