Logo
१५ चैत्र २०८०, बिहीबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणमा सरकार लाग्नुपर्छ : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले कुनै पक्षलाई राजनीतिबाट निषेध गर्दा प्रजातन्त्रमा सङ्कट आइपर्ने बताएका छन् ।

७० औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा राप्रपा मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा उनले भने, “नेपालको संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई सबल, सुदृढ, दिगो र सर्वमान्य बनाउनेतर्फ सरकार गम्भीर भएर लाग्नुपर्दछ ।”

अध्यक्ष थापाले प्रजातन्त्रको संवद्र्धन र जनतालाई विकासको पूर्वाधारप्रति सहभागी गराउन प्रमुख दलहरुले आफूलाई अब आत्मसमीक्षा गरेर अघि बढ्नु अपरिहार्यतामाथि जोड दिदैं सुशासनको प्रत्याभूति र भ्रष्टाचार न्यूनीकरणका लागि सरकारले देशभरि नै अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।

राप्रपाका केन्द्रीय सदस्य मधु अधिकारी र सहायक महामन्त्री राजाराम बर्तौलाले मुलुकको विकास र समृद्धिका लागि सरकारले अग्रसर हुनुपर्नेमा जोड दिएका हुन् ।

राप्रपाका नेता सीताराम बर्तौला, रामहरी न्यौपाने र राप्रपा हेटौँडा नगरसमितिका अध्यक्ष गुरुप्रसाद सापकोटाले राप्रपालाई राष्ट्रको वैकल्पिक प्रजातान्त्रिक पार्टीका रुपमा अघि बढ्न नेता र कार्यकर्ताहरु जनताको घरदैलोमा पुगेर पार्टी सङ्गठनलाई दरिलो बनाउन लाग्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्