Logo
८ बैशाख २०८१, शनिबार
(February 19, 2020)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महाशिवरात्री सगैं अघोरी र नागा बाबाको चर्चा !

नेपालीहरुले हर्षोल्लासका साथ मनाईने पर्वहरु मध्येपर्ने एक पर्व हो महा शिवरात्री । यो पर्व विशेष गरी हिन्दु धर्मावलम्विहरुले मनाउने गर्दछन् ।

यस पर्वको लागि नेपालका विभिन्न ठाउँ सहित भारतबाट समेत धेरै साधकहरु पशुपतिमा शिवको आराधनाको लागि आउने गर्दछ । हरेक वर्ष शिवरात्रिको लागि हजारौं साधुहरुको जमघट हुने गर्छ ।

हामीले झट्ट हेर्दा पशुपतिमा दुई किसिमका साधुहरु देखिन्छ । ती साधुहरु देख्दा सामान्य देखिने भएपनि वास्तविक अघोरी र नागाहरु एउटा कठोर तपस्या पूरा गरेर आएका साधकहरु हुन्छन् ।

वास्तवमा साधुहरु को हुन ? हामीले देखेको वस्त्रहीन साधु सबै नागा हु्न् ? अनि के वस्त्र लगाउनेहरु सबै अघोरीहरु हुन त ? कतै श्मसानमा बस्ने अघोरी, कतै फोटो खिचाउनको लागि व्यस्त गेरु बस्त्रमा भेटिने साधारण साधु त कतै नागाबाबाहरु । यस्ता यस्तै दृश्यले पशुपति क्षेत्र अबको केहीदिन भरिभराउ हुन्छ ।

झट्ट हेर्दा धेरैलाई पशुपतिमा देखिने साधुहरु उस्तै लाग्छन् । शिव एवं उनका अवतारहरुलाई मान्ने विभिन्न सम्प्रदायहरु र आआफ्नै अनुयायी हुन्छन् । ती अनुयायीहरुको आफ्नै शैली र विशेषता हुन्छ । पशुपति सम्प्रदाय, शैव सम्प्रदाय, कापालिक सम्प्रदाय, वीर शैव सम्प्रदाय, कारुक् सिद्धान्तवादी सम्प्रदाय, प्रत्याभिज्ञावादी सम्प्रदाय मुख्यतया शैवमार्गीहरुको मुख्य सम्प्रदायहरु हुन् ।

त्यसमध्ये पनि शैव र पशुपति सम्प्रदायमा धेरै साधक एवं अनुयायीहरु रहेको पाइन्छ ।
साधुहरुलाई विभिन्न नामले चिनिन्छ । साधुहरु नाथ, अघोरी, अवधूत, बाबा, अघड, योगी, सिद्ध आदि नामले चर्चित छन् । शैव सन्तहरुमा गुरु मत्स्येन्द्रनाथ, गुरु गोरखनाथ, साईनाथ, गजानन् महाराज, कनिफनाथ, बाबा रामदेव, तेजाजी महाराज, चौरंगीनाथ, गोगादेव, शंकराचार्य, गोपीनाथ, चुढाकरनाथ, भर्तहरि, जालन्ध्रीपाव आदि हजारौं प्रसिद्ध सन्तहरु रहेका छन् ।

यसरी शिवरात्रिको लागि त्यही गुरुहरुले बोकेको सिद्धान्त अनुसारको वस्त्र एवं व्यवहारलाई उनीहरुका अनुयायीले समेत अवलम्बन गर्ने गरेका छन् । सन्यासी सम्प्रदायका साधुहरु संसार र गृहस्थीलाई छाडेर आउने गर्छन् । गृहस्थहरुको जीवन जति कठिन हुन्छ । त्यसको सय गुणा बढी कठिन साधुहरुको जीवन हुने विश्वास गरिन्छ ।

वास्तवमा नागा र अघोरीहरु को हुन् ?

नागा एकदमै पुरानो शब्द हो । भारतमा नागवंश र नागा जातिको इतिहास समेत पुरानो छ । नागा साधुहरु र अघोरीहरु एक भिन्न भिन्न साधुको रुप हो । भेषभुषा उस्तै देखिए तापनि उनीहरुको साधु बन्ने प्रक्रिया र रहनसहन तथा तप साधनामा धेरै अन्तर पाइन्छ ।

नागा साधु कुम्भमा बढेर नागाको भेष धारा गर्छन् भने अघोरीहरु कुम्भमा जाँदैनन् । नागा भन्ने शब्द त्यही भारतको नागाल्याण्ड प्रान्तबाट भएको मान्ने गरिन्छ । नागा बन्नुपूर्व ऊ लामो समयसम्म ब्रहृमचारीको रूपमा जिउनुपछ अनि अन्तयमा आफ्नै पिण्डदान र पूजा गर्ने गछर्न।
नागा साधुहरूको समूहमा सामेल हुने प्रक्रियाको लागि करिब ६ वर्ष लाग्छ ।

यस समयमा नयाँ सदस्यहरूले लगौंटी बाहेक अरू केही पनि लगाउँदैनन् । कुम्भ मेलामा अन्तिम प्रण गरेपछि तिनीहरूले लगौंटी पनि त्याग गर्छन् । अघोरीहरु पनि धेरै तपस्या गरेका साधुनै हुन भन्ने बुझिन्छ । तर अघोरी र नागा बाबा फरकफरक साधु हुन् ।

प्रकाशित मिति: Feb 19, 2020

प्रतिक्रिया दिनुहोस्